प्रधानमन्त्री ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने

२४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिएका हुन् ।एक मन्त्रीले भने, ‘समय तय भएको छैन। तर, प्रधानमन्त्रीले भोलि (मंगलबार) देशवासीलाई सम्बोधन गर्नुहुन्छ ।’

पहिलो पटक थपिएको लकडाउन मंगलबार सकिँदै थियो । तर, मन्त्रिपरिषद्को बैठकले त्यसलाई लम्ब्याएर ३ बैशाखसम्म पुर्‍याउने निर्णय गरिसकेको छ ।