पचालझरना गाउपालिकाले आव २०७८/०७९ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिका केन्द्र पडेक्षामा आयोजित एक खुल्ला समारोहमा गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले निति तथा कार्यक्रम र उपाध्यक्ष तारा न्यौपानेले अागामि वर्षको बजेट सार्वजनिक गर्नु भयो । ७ औ गाउँसभा तथा आयोजित समाराेहमा नीति कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष सेजुवालले ५० वर्ष उमेर नाघेका एकल पुरूष बृद्वभत्ता, दिने नीति लिने बताउनु भयो । सुनौलो हजार दिनका अामासंग अध्यक्ष, उपाध्यक्ष्य रोजगार कार्यकम र केही बिगत वर्षमा पुरक योजनाका रूपमा रहेका योजनाको कार्यसम्पन्न गर्ने नीति लिएको बताउनु भयो । अध्यक्ष सेजुवालको नीति कार्यक्रम पछि उपाध्यक्ष न्यौपानेले बजेट सार्वजनिक गर्नु भएको छ ।
जिल्लाकाे पचालझरना गाउँपालिकाकाे ७ औ गाउँसभा उद्घाटन समाराेहमा उपाध्यक्ष तारा न्यौपानेले बजेट सार्वजनिक गर्नु भयो ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे प्रमुख अातिथ्यता, भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीकाे विशेष आतिथ्यता र पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालकाे अध्यक्षतामा ७ अाै गाउँसभाको एक औपचारीक कार्यक्रममा नीति कार्यक्रम र बजेट सार्वजनिक गरीएको हो । जनसंख्या महाबै पछिको दोस्रो कम जनसंख्या रहेको पचालझरनामा भाैगोलिक कठिनाई , नदिले बिचभागमा काटेको छ भिरालो चट्टानि भाग रहेकाले बिकासमा कठिनभए पनि आफु निर्वाचित हुनु पुर्व शुन्य सडक रहेको पचालझरनामा सबै वडामा सडक ट्रयाक खोलिनु उपलब्धिमुलक रहेको बताउनु भयो ।
पचालझरनामा पार्टी ,बर्ग क्षेत्र को बिभेद कहिल्यै नगरिएको बताईएको छ । लिप्ट सिचाई प्रयाप्त सम्भावना छ तर उपयोग गर्न नसकिएको बताउनु भयो ।बिगतको समीक्षा सहित अागामि वर्षको नीति सार्वजनिक गर्नु भयो । पचालझरनाले सुरू गरेको खरमुक्त अभियान संघ सरकारले अंगिकार गरेको छ भन्दै सफल पार्ने बताउनु भयो भने गोठालो भत्ता प्रदेश सरकारले अंगिकार गरेको ले थप ब्यस्थित गरिने बताउनु भयो । तीन र पाच बाहेक अन्य वडामा खानेपानी पहुच पुर्याईएको छ। खोलाको मुहान बस्तिमा पानी भन्ने नाराका साथ बस्तिमा पानी पहुच पुर्याउने अध्यक्ष सेजुवालको नीतिमा छ । पालिका केन्द्र पडेक्षामा तोकि काम सुरू भएको बताउनु भयो । अागामि पाच वर्षमा नमुना गाउँपालिका बनाउन सकिने अध्यक्ष सेजुवालले बताउनु भयो । दशै सम्म सबै पालिकाका वडामा सडक पुग्ने र मर्मतसुधार गरि संन्चालनमा ल्याईने ,सुशासन युक्त सरसफाइ युक्त बालबिवाह मुक्त गाउँ बनाउने लक्ष्य लिएको छ ।
कृषि क्षेत्रमा आधुनिक बनाईने एक गाउँ एक उत्पादन बिक्र र बजारीकरण , बेमौसमि खेतिमा जोड दिने ब्यवसायिक किसान निर्माण गरिने नीतिमा लेखिएको छ जमिन बाझाे राख्नेलाई दण्डित गरिने बताईएको छ । गोठालो भत्ताले किसान उत्साहितभएको भन्दै यसमा जोड दिने हरेक वडामा पशु बत्साला , कृतिम गर्भधान गर्ने ब्यवस्था मिलाउने । पर्यटनको क्षेत्रमा गाउँपालिकामा रहेको पचालझरना लाई ब्यवस्थित पर्यटकिय क्षेत्र बनाउने , शहिद पार्क ब्यवस्थित धार्मिक, सास्कृति, पर्यटन मठमन्दिर निर्माणमा जोड दिने पचालझरना मिनिरल वाटर सुरू गर्ने सहकारीलाई ब्यवस्थित गर्दै निजि क्षेत्रलाई बिकास गराईने अध्यक्ष सेजुवालले बताउनु भयो ।। स्वास्थ्य मा पचालझरना अस्पताल हरेक वडामा ब्यवस्थित स्वास्थ्य ईकाई स्वयंमसेबिका भत्ता मासिक 1 हजार नियमित गर्ने एक टोल एक स्टेचर स्वास्थ्य संस्थामा सुत्केरी र नियमित गर्भ चेकजाँच गराउने आपतकालिन सुत्केरी उद्वार का लागि हरेक वडामा एक हेलिप्याड । उच्च शिक्षा का लागि पचाझरना क्याम्पस , युवालाई अध्यक्ष रोजगार कार्यक्रम मार्फत जाने नीति लिने बताईएको छ। । हरेक वडामा एक खेल मैदान स्थापना गरिने बताउनु भयो। अनाथ बालबालिकासंग अध्यक्ष कार्यक्रम सुचारू गरिने बताईएको छ ।
गाउँसभामा गाउँपालिकाकाे बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष तारा न्याैपानेले आर्थिक वर्ष २०७८/७९ का लागि ३९ कराेड,६४ लाख,७० हजारको बजेट सार्जनिक गर्नु भयो । सडक क्षेत्रलाई प्राथमिक्ता दिईएको बजेटमा पचालझरनाको निर्णायक बजेट भएको बताईएको छ। गाउँपालिका उपाध्यक्ष न्याैपानेले आम्दानीकाे श्राेत र ब्याय अनुमान समेत प्रस्तुत गर्नु भएकाे थियो । सूचना संन्चारमा वएभ साईड ब्यवस्थित , भरपर्दो ईन्टरनेट ब्यवस्थापन राष्ट्रिय प्रसारण लाईन जोड्ने , र लाफागाड बिधुत आयोजना समितिबाट पालिकाले जिम्मा लिने र यस गाउँपालिकामा वन सम्पदा अथाह रहेको तर हिउदमा वन डढेलो लगाउने छाडा पशु चौपाया रोकि सामुदायिक वनको लेखा परिक्षण गर्ने कामलाई जोड दिने सुशासनका सबै सुचक पूरा गर्ने करार कर्मचारीलाई मासिक १५”सय बढाइने बताउनु नीति कार्यक्रममा उल्लेख छ । न्यापालिकालाई ब्यवस्थित गर्ने कानुनि सल्लाहकार राख्ने र मेलमिलाप केन्द्रलाई ब्यवस्थित गरिने छ । राम्नाकोट गाउँपालिका चारलाई जलबायु ब्यवस्थित गाउँ बनाउने नीति लिने बताईएको छ ।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले आगामी अार्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गर्नुभएकाे छ । जस्मा गाउँपालिकाका बिकासी याेजना र पहिलेका वर्षमा संचालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिनु भएकाे छ । शिक्षा,स्वास्थ ,खानेपानी,सडक, बिदुत,युवालाई राेजगार लगाएतका अन्य बिकासी याेजनाहरुका नीति तथा कार्यक्रमहरु गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले प्रस्तुत गर्नु भएकाे छ । पालिका अध्यक्ष सेजुवालको नीति कार्यक्रममा टिकेर उपाध्यक्ष तारा न्यौपानेले बजेट सार्वजनिक गर्नु भएको छ । radiopradeshaawaj बाट साभार
स्मार्ट कर्णाली । १० असार २०७८, बिहीबार १४:०६ बजे