कर्णाली प्रदेश मा कोरोना संक्रमितको संख्या चार पुग्यो,शनिबार सुर्खेत मा थप तिन जनामा पुष्टि

कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि उनिहरु को स्वाव नेपालगन्ज पठाइएको थियो ।

नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्का ले बताए । उनिहरु मध्य २ जना बराहताल गाउपालिका र एक जना चौकुने गाउपालिका का रहेका छन। उनिहरूलाइ गएको विहिवार भारतबाट उद्वार गरि ल्याइ बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो ।

योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । गत सोमबार आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ। चारै जना को प्रदेश अस्पताल मा उपचार भैरहेको छ।