हत्यारालाई कानुन संशोधन गरेर भय पनि फाँसीको सजाय हुनु पर्छ – युवा नेता सुनार।

रुकुम पश्चिम चौरजहारी घटनाका दोषीलाई मृत्युुदण्डको सजाए दिनुपर्ने माग उठेको छ । वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दु :खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेकपा दैलेख दुल्लुनगर कमिटी सदस्य तिर्थ बहादुर सुनारले कानुन संसोधन गरेर भय पनि मृत्यू दण्ड को सजाय हुनुपर्ने माग गरेका छ्न ।
मृत्यू हुनेहरुलाई साँस्कृतिक क्रान्तीका सहिद घोषणा गरी घाईतेहरुको उपचार सरकारले नै गर्नुपर्ने माग सुनारको छ । यहि जेठ १० गते जाजरकोट जिल्लाबाट रुकुम पश्चिम चौरजहारी नगरपालीका ८ सोतीका बीर बहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्लसंग जाजरकोट जिल्ला भेरी नगरपालिका ४ का नवराज बि. क को ३ बर्षको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न गएका वि.क सहित १९ जनाको टोलीमाथी भएको स्थानियहरुको आक्रमणबाट नवराज वि.क लगायत ३ जनाको हत्या पछि भेरी नदीमा फालिएको थियो । आक्रमण पछि भाग्ने क्रममा भेरीमा हाम फालेको बताईएपनि नवराजको टाउकोमा घाउ र शरिरमा भएको निलडामले उनको हत्या नै भएको पुष्टि हुन्छ । ५ जना पौडी खेलेर बाँच्न सफल भएकाहरुले बताए अनुसार पनि नवराजको हत्या गरेर भेरीमा फालिएको हो ।
भेरीमा हामफाल्ने मध्ये अझै ३ जना बेपत्ता छन् । यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवता विरोधी यस हत्याकाण्डको घोर निन्दा तथा भत्र्सना गर्दै देशैभरका दलितहरु एकजुट भई दबावपुर्ण आन्दोलन गर्न पनि पछि हट्न नहुने युवानेता तिर्थ सुनारले बताए।