रुकुम हत्याकाण्डका विरुद्ध सुर्खेतमा भोक हड्ताल देखि खवदारि सभा सम्म

सुर्खेत १२ असार।रुकुम पश्मिको चौरझारीमा भएको हत्यकाण्डका विरुद्ध विभिन्न पेशा संगठनमा लागेका युवाहरुले विरेन्द्रनगर सुर्खेतमा भोक हड्ताल तथा खवदारि सभा गरेका छन्।

रुकुम-जाजरकोटमा घटाईएको मानवता विरोधि हत्याकाण्डलाई लिएर विभिन्न माग राख्दै आज  शुक्रिवार विरोध प्रर्दशन गर्दै खवरदारी गरेका हुन्।

पत्रकार खगेन्द्र सुनार, टेकेन्द्र विश्वकर्मा, जगतदल जनाला विक नमराज विक लगाएतका ६ जनाको हत्यामा संलग्नलाई कार्वाहीको माग राख्दै असार ११ गते राति ८ वजे देखि १२ गते विहान ८ वजेसम्म १२ घण्टा भोक हडताल अनशनमा वसेका थिए।

खवदारि सभामा वोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दुल्लु नगर कमिटिका सदस्य एवं समाजसेवी तिर्थ सुनारले घटनामा संलग्न व्यक्तिहरुलाई कडा कार्वाहीको माग राखेका छन्।

नेता सुनारले एकाईसौ सताब्दीको र्ववरपुर्ण मानवता विरोधि रुकुम हत्या काण्डमा संलग्नलाई आजिवन कारावास राख्न,मृत्यकलाई सामाजिक सहिद घोषणा गर्न,घाईतेको निशुल्क उपचार गर्न र मृतकका परिवारलाई उचित राहत दिन सरकार सग जोडदार माग राखेका छन्।

विरोध सभामा वोल्ने सामाजिक अभियान्ताले पनि यो घटना लाई कमजोर पार्न राजनितिक रंग नदिएर पिडितले न्याए पाउनु पर्ने र पिडकले सजाए पाउनुपर्नेमा जोडदिएका छन्।

एक महिना देखि नै रूकुम पश्चिम सोती हत्याकाण्डको घटनालाई लिएर राजनितिक तथा सामाजिक कार्यमा लागेका तिर्थ सुनार लगाएतका तमाम युवाहरुले घटना भए देखि विरेन्द्रनगर सुर्खेतमा विभिन्न खाले विरोधका कार्यक्रमहरु गदै सरकारलाई खवरदारि गर्दै आएका छन्।