लकडाउनले व्यापारी मारमा- समाज सेवी सुनार

 नेता तथा समाज सेवी तिर्थ सुनारले लामो समयसम्मको बन्दाबन्दी (लकडाउन) ले व्यवसायीले ठूलो मार व्यहोर्नु परेको बताएका छन् । अहिले निश्चित व्यवसाय सञ्चालन भए पनि व्यवसाय नियमित हुन नसकेको बताए । अहिले कर्णाली रोग र भोगको चपेटामा भएकाले किनमेल कम भएको उनको भनाइ छ । बन्द खुल्दा पनि व्यापार हुन नसकेको भन्दै उनले सुनचाँदीको मूल्य दैनिकरुपमा आकासिँदा झन व्यापार खस्कदो भएको बताए ।

सुनचाँदीप्रति मान्छेको आकर्षण भए पनि मूल्य वृद्धि हुँदा व्यापार घाटा भएको बताए । यतिबेला सुनको माग धेरै हुने गरे पनि यसपालि सुन किन्ने भन्दा बिक्री गर्ने मान्छे धेरै भएको उनको भनाइ छ । गाडीहरु नियमित खुले पनि पहिलेको जस्तो व्यापार हुन केही समय लाग्ने सुनार बताउँछन् । ‘भारतबाट मान्छे रित्तो हात आएका छन्, रेमिट्यान्स पनि आएको छैन,’ उनले भने, ‘जसका कारण पूँजी चलायमान हुन सकेको छैन ।’ मान्छेसँग पूँजी जति हुन्छ त्यतिनै बजार चलायमान हुने उनी बताउँछन् ।