म यथार्थको धरातल भित्र रुमलिदै ,
सतविजको लय फन्छयाउँदै ,
न्यायको पक्षमा उँभिदै ,
तिरस्कारका दक्षिणाहरु सम्हाल्दै ,
आफ्नै नामलाई कवितामा लेख्दै छुँ ।
तिमी सत्य हुनपर्छ ,
श्रृङगारले तिमीलाई लोभ्याउँछ ,
मौलिकता तिम्रो पहिचान हो ।
लय नगुमाउनु , बाटो मोडिन्छ ,
लक्षको यात्रा धकेलिन्छ ।
तिमी नम्र हुनु ,
नम्रताले पहिचान झन चुलिन्छ ।
शब्दमा तिमीलाई कैयनले प्रहार गर्लान,
तिमीभित्र मायाको आभाष खोज्लान ,
तिम्रो चिनारीमा मायारुपी दन्द्दको विजारोपण होला।
रातहरु मुँस्कुराउलान ,
दिनहरु वादलभित्र ओत लाग्लान ,
आशुहरु थोपा वनेर भिजाउलान ,
वसन्तका टुँसाहरुमा पनि चरिले गुड लाउलान,
वस
तिमी धरातल नभुलेर
पुर्खाको वाटोलाई नभुलेर
अगाडि वढ
खुट्टा नडगमगाउ
गति वढाउ ,
कमजोरीमा तिरस्कार रुपी धार लगाउ ,
म पनि आफुलाई तिमी भित्रै खोज्जेछु ।
प्रिय कविता
जहाँ भएपनि
ढृढ हुनेछौ ,
प्रवित्रता गुमाउने छैनौ ।
अस्मिता भुल्नेछैनौ ,
विलासितामा रमाउने छैनौ ।
तिमी तिमी नै रहनु ,
अरुभित्र तिम्रो परिचय कसैले नखोजुन ,
मेरो परिचय तिमी भित्र सधै लुकाउनु ,
सधै खोज्नेछु तिमीलाई
शब्दभित्र ,
दुःख भित्र ,
हाँसोभित्र ,
करुणाभीत्र ,
वीरता भित्र ,
हाम्रो मायाँको नाममा,
लालीगुँरास फूलको बगैँचामा,
हिमाल माथीवाट
नदीवनेर
एकताको सँस्कृतिको मालामा
सधधैभरी वगिदिनु ,
हाम्रो माटो भित्र,
नेपाली झण्डामुनी ,
आमाको काख भित्रको छहारीमा
सधै ओत लाग्नु
प्रिय कविता ❣️❣️❣️❣️
राष्ट्रिय कविता दिवसको शुभकामना ❣️❣️ सम्पुर्णमा (:नेम खत्री ) ठाटिकाँध गाउँपालिका दैलेख
स्मार्ट कर्णाली । ८ चैत्र २०८०, बिहीबार १२:२७ बजे