उम्मेदवारी छनाैटमा ठेकदारी स्टाईल ,नेता शाहीकाे आपत्ति

नेपाली कांग्रेस खाँडाचक्र नगरपालिकाकाे मेयर पदकाे उम्मेदवारी छनाैट गर्दा ठेक्का पट्टामा हुने जालझेल जस्तै पार्टीको बिधान र पद्धति मिचेर सिफारिस प्रक्रिया अपनाएकाेमा नेपाली कांग्रेसका नेता तथा मेयर पदका उम्मेदवारका आकाक्षी मान बहादुर शाहीले आपत्ति प्रकट गरेका छन्।

पार्टीको बिधान अनुसार कुनैपनि पदमा उम्मेदवार सिफारिस गर्दा बढिमा ३ जना महिला १ जना पर्नेगरि माथिल्लो कमिटी मा पठाउने ब्याबस्था रहेपनि भुपेन्द्रजंग शाहीको निर्देशनमा सभापति भानु प्रसाद पाण्डेले ठेकेदार तारा शाहलाई जसरिपनि मेयर बनाउने उदेश्यले गलत प्रक्रिया अपनाई आकांक्षी अन्य नेताहरुकाे अपमान गरेकाले याे गलत प्रक्रिया तत्काल राेकि बिधान बमोजिम सिफारिसकाे प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

मेयरपदका आकांक्षी नेता बिष्णु बहादुर शाही ,मान बहादुर शाही ,प्रेमबहादुर शाही ,खड्क जंग शाही रहेपनि स्वच्छ छवि,पार्टीमा पुराना,याेगदान भएका र जनपृय उम्मेदवार पालिकामै राेक्नु र प्रदेशमा सिफारिस ताराकाे आएकाे खण्डमा भुपेन्द्रले टिकट जसरी पनि म मेराे भागमा पार्छु भनेर याे गैरजिम्मेवार तरिका अपनाएकाे कुरा नेता मान बहादुर शाहीले बताउनु भयाे।

नगर कार्य समितिले ले व्यापक छलफल गरि सिफारिस गर्नुपर्ने ब्याबस्था भएपनि मतपत्र तयारी गरि वडाका सभापति र आफुले भनेकाे मान्ने मानिसहरु जम्मा गरि प्रत्येक वडामा मानिसहरु जम्मा गर्न ठेकदार शाहले घरघरमा गाडी पठाएर पैसाकाे प्रलोभन देखाई सभापति हरुलाई भाेट हाल्न बाध्य पारिएकाे र मतपत्रपनि गाेप्य काेठाभित्र सभापति भानुले र ठेकदार ताराले आफै रेजा लगाई खामभित्र हालेर दीएकाे कुरा खुलेकाे छ। यस्ताे ठेक्का सेटिङका शैली र भुपेन्द्रजंग शाहीको केटाकेटी पन पार्टीमा हाबि रहदा पार्टी संगठन बिग्रिने हुदा तत्काल याे गलत कार्य नसच्याय गलत कार्य गर्नेहरुकाे पनि खैरियत नहुनेकुरा नेता मान बहादुर शाहीले बताएका छन्।