१७ कात्तिक, । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ ।
जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ३१० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३० हजारभन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।
त्यस्तै भारतमा एक लाख २२ हजारभन्दा धेरैको मृत्यु हुँदा मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ हजार नाघेको छ ।
त्यस्तै विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि चार करोड ६५ लाख ५७ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित देखिने मुलुकको सूचीमा सबैभन्दा अगाडि रहेको अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ ।
भारतमा ८२ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमित संख्या ५५ लाख नाघेको छ ।
त्यस्तै रुसमा पनि कोरोना संक्रमितको संख्या १६ लाख नाघेको छ । फ्रान्समा १४ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
अहिलेसम्म विश्वभर तीन करोड १० लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
स्मार्ट कर्णाली । १७ कार्तिक २०७७, सोमबार १२:२९ बजे