सिमकोटमा चारदिन देखि विद्युत अवरुद्ध, स्थानीय अध्याराेमा बस्न बाध्य ।

कार्तिक २१, शुक्रबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका ७ का १ सय ५० घरधुरी चार दिन देखि अध्यारोमा बस्न बाध्य भएका छन् । हिल्सा सिमकोट सडक खण्ड चौडा गर्ने क्रममा डोजरले सोही वडामा रहेको चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय विद्युत विहिन भएका हुन् ।
साविकको डाडाफयाको जबुका, थाया,ओखरेन, चुकेडी र दलित वस्तिका गरी एक सय ५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको विद्युत सेवा मर्मत गर्नका लागि सम्बन्धित निकाय तथा नेपाल विद्युत प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्नेक्रममा पोल ढालेको हुनाले आफुहरुले मर्मत नगर्ने जवाफ दिएका छन् । यता कम्पनीका ठेकेदारलाई मर्मतका लागी कुरा गर्दा कुनै वास्ता नगरेको पाइएको छ । विद्युत सेवा शुचारु नहुँदा यहाँका स्थानीयले विगतको जस्तै सल्लाहको दियालो बालेर रात विताउनुपरेको हो ।