पलाता गाउँपालिकाको साताैँ गाउ सभा सम्पन, ४४ करोड ११ लाख ३२ हजार ८ सय बजेट बिनियाेजन

 नमराज न्यौपाने,पलाता कालिकोट जिल्लाको पलाता गाउँपालिकाले आगामी आव २०७७/०७८ को लागि ४४ करोड ११ लाख ३२ हजार ८ सय बजेट ल्याएको छ । गाउँपालिकाको साताैँ गाउँ सभामा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ४४ करोड ११ लाख ३२ हजार ८ सय काे बजेट सार्वजनिक गरेका हुन । समानिकरण अनुदान ९ करोड ६२ लाख, सर्सत अनुदानमा १३ करोड ८ लाख, राजस्व बाडफाड ७ करोड ५१ लाख ८९ हजार तीन सय ८०, प्रदेश समानिकरण अनुदान १ करोड १७ लाख, सशस्त्र अनुदान ६० लाख बिशेष अनुदानमा १ करोड २० लाख, समपुरक १ करोड ३५ लाख, पर्देश सरकारसङ्गै आन्तरिक राजस्व १ करोड, क्याफ्स कर्णाली ७ करोड ७५ लाख ८७ हजार र बहुक्षेत्रिय पोषण योजनामा १४ लाख, किर्डाक नेपाल पलाता कालिकोट ५६ लाख ३२ हजार २ सय २०, युनिसेफ ११ लाख २४ हजार २ सय रहको बताए ।

गाउँपालिकाले मुख्य गरी कृषि, पर्यटन, सहरीकरण र बिद्युतको पुर्बाधार, सुन्दर समृद्ध उज्यालो पलाताको आधार भन्ने मुल नाराका साथ कार्यक्रम तय गरिएकाे छ । सबै जनप्रतिनिधिहरुले जनताको माग र समुदायको भौतिक पुर्वाधार निर्माणमा उचित बजेट ब्यबस्थापन गर्न स्थानिय सरकारलाइ आग्रह समेत गरेका छन । सो उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलातिकान्छाले यो बिसाल भिमकाय कोरोना माहामारिले केन्द्रदेखि स्थानिय तहसम्म ठुलो चुनौति निम्तायको बताए । साथै यस ऐतिहासिक वर्ग संघर्षको लक्ष्य र उद्देश्य प्राप्तिका लागी गरिवको गास,वास,कपासको व्यवस्था निमुखालाई हक अधिकारको सुनिश्चिता, अपाङ्ग,असाय लाई जीवन निर्वाहको ग्यारेन्टी, वेरोजगारको अन्त्य गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था, सामाजिक भेदभावको अन्त्य, रुडीवादी चिन्तनलाई परिवर्तन गरि विकृति र विसंगति मास्दै समाजलाई वैज्ञानिक समाजवादकाे बाटाे तय गर्ने बताइएकाे छ