आज दिउँसो २ बजेपछी हेलिकप्टरबाट राष्ट्रपति भण्डारी उर्लाबारी आउँदै

उर्लाबारी,    दुई सामुदायिक बिद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङ आउँदै हुनुहुन्छ । कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माध्यमिक विद्यालय र उर्लाबारी नगरपालिकामा रहेको राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज दिउँसो यहाँ आउनु हुने भएको हो ।

सुरुमा उहाँले दिउँसो कानेपोखरी गाउँपालिका – ६ रमाईलोस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुनेछ । त्यहाँ उहाँले स्वर्ण स्मारक अनावरण गर्नुका साथैँ विद्यालयको शैक्षिक क्षेत्रमा योगदान पुर्याउनुहुने ब्यक्तित्वलाई सम्मान् गर्नुहुनेछ ।

त्यस्तै आजै दिउँसो राष्ट्रपति भण्डारीले उर्लाबारी नगरपालिका – ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको पनि उद्घाटन गर्नुहुनेछ ।

विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलका अनुसार दिउँसो २ बजेपछी राष्ट्रपति भण्डारीले स्वर्ण महोत्सवको उद्घाटन, स्वर्ण स्मारक अनावरण, विद्यालयको शैक्षिक उन्नयमा योगदान पु¥याउनेहरुलाई सम्मान स्वरुप कदर गरिने तथा विशेष व्यक्तित्वहरुलाई अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।nepaliinabroad.com