जुम्लामा सांम्सदकै ठेक्का अलपत्र

 जुम्ला
नाग्म गमगडि राजमार्गको सांसदकै फमबाट काम थालिएको ठेक्का अलपत्र भएको छ । नाग्म गमगडि राजमार्गको ९३ किलोमिटर मध्य शुरुवातकै १३ किलोमिटरमा प्रतिनिधीसभा सांसद बहादुरसिंह लामाकै फमबाट काम थालिएको ठेक्का सम्झौता अवधिमा काम नहुदा ठेक्का अलपत्र परेको हो ।

ठेकेदारकै ढिला सुस्तीले जनतालाई सवैभन्दा बढि सास्ति भएको छ । सो ठेक्काको काम आधा भएको र दुख पाईएको सस्थानीयले पटक पटक गुनासो पाखेका छन् । उनले लिएको टेक्का सडक डिभिजन जुम्लाका अनुसार १३ किलोमिटर मध्य ६ किलोमिटर सडक चौडा ,ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी टेवा पर्खालको काम सम्पन्न हुन नसकी विचैमा अलपत्र परेको हो ।
डिभिजन सडक कार्यालय जुम्लाका का.मु. डिभिजन प्रमुख ई लिला बहादुर भण्डारीले भने ठेक्का तिहार अगावै काम शुरु नभएमा कालोसुीचको लागि पत्रिकामा राख्ने चेतनावनी दिईसकेको बताए । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीको उक्त ठेक्काको ५ बर्ष अघि काम थालिएको थियो ।नाग्म गमगडि राजमार्गका वासिन्दा सहित जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतका विषयमा डिभिजनमा सड्क पुगेर जानकारी लिएका थिए ।

डिभिजनमा सडक कार्यालयले सवैभन्दा समस्या सांसद लामाकै फमको ठेक्का लामो समय भई सक्दा काम नहुदा कठिन भएको बताएको छ । नत्र पत्रिकामा कालोसुचिमा राख्ने भनेर भनिसकेपछि अव काम अगाडी बढाउने कुराको प्रतिवद्धता भएको प्रमुख भण्डारीले बताए ।” उनका अनुसार काम गर्न चाडै सूचना समेत जाहेर गरिएको छ । उनले भने उक्त ठेक्का नम्बर १२ को सो ठेक्का सम्झौता २०७२ माघ ८ गते २०७५ पुष ७ गते सम्म थियो ।

दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गते सम्म अवधि थपिएपनि काम हुन सकेको छैन् । यसैविटमा लकडाउन भएर पनि समस्या भएको बताईएको छ । १३ किलोमिटरको सम्झौता रकम १० करोड १३ लाख ८ हजार एकसय ३० रुपैया ५५ पैसा मध्य रु ७ करोड ९६ लाख १२ हजार दुई सय ७६ रुपैया २६ पैसा भुक्तानी भईसकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।ठेक्का नम्बर ३.१ –२०७४।०७५मा खड्का कृष्ण गाल्भा– दक्याराभान जेभीको राजुसिहंक कठायत र तारासिंह कठायतले जिम्मा लिनु भएको काम नाग्म गमगडि राजमार्गको १७ देखी २५ सम्म ८ किलोमिटर जिम्मा लिईएको तर आज सम्म काम सन्ताषजनक भएको छ्रैन । उक्त सम्झौताको अवधि भने २०७८ वैशाख २१ सम्म रहेको छ ।
डिभिजन सडक कार्यालयले अघिल्लो आर्थिक बर्षमा ५० करोड बजेट आएको भएपनि लकडाउनका कारण १० करोडको काम मात्रै काम भएको र यसबर्ष घटेर ९ करोड ७० लाख मात्रै बजेट आएको आएको छ । अव बजेटको पनि समस्या रहेको छ । अहिलेका सड्कका काम पुरा गर्न २३ करोड ५० लाख आवश्यक भएकाले पहल गरिदिन प्रतिनिधिसभा सांसदलाई समेत प्रमुख भण्डारीले अनुरोध गरेका छन ।

नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्ण प्रसाद धितालले दिएको जिम्मेवारी पुरा नगर्ने निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याउनु पर्ने बताए । उनले राजमार्ग निर्माणा तिब्रता दिन कार्यालयलाई अनुरोध गरेका छन । उनले राजमार्गको अवस्था फेरी पनि नसुधारिए जनता सड्कमा आउने चेतावनी दिएका छन । नाग्म गमगडि सडककै कारण रारा आउने धेरै पर्यटकले सास्ति पाउने काम भएको छ । यस बिषयमा सबैको ध्यानजान आबश्यक छ । नागमगमगडी राजमार्गको ९३ किलोमिटरमा केही क्षेत्रको भने काम सन्तोषजनक भएको डिभिजन सडक कार्यालय जुम्लाको वुझाई छ