जिल्लाको पलाँता गाउँपालिका विद्युतले आत्मानिर्भर भएको छ । भौगोलिक रुपमा कर्णालीकै दुर्गम मानिदै आएको पलाँता गाउँपालिकाकामा ९ वटा वडा मध्य ७ वटा वडामा विजुल्लीले गाउँनै झिलिमिली भएपछी गाउँपालिका विद्युतले आत्मानिर्भर भएको हो । २७ सय घरधुरी रहेको गाउँपालिकामा २१ सय घरधुरीमा बत्ती बली सकेको गाउँपालिकाका उर्जा संयोजक जनराज वमले जानकारी दिए । संयोजक वमका अनुसार,वाँकी पाँच सय घरधुरीमा अवको केही महिना भित्रमा बत्ती बलिसक्ने गरी काम भईरहेको बताए । उनले भने, गाउँपालिकाको वडा र्न १, २,३ मा आधा घरधुरीमा बत्ती बलेको छ भने, वडा नं ८ मा विद्युत छैन । ति ठाउँमा अहिले विद्युतका पोलहरु गाड्ने काम भइरहेको छ । बत्ती नबलेका ति ठाउँमा बढीको एक दुई महिनामा बत्ती बाल्ने योजनाका साथ काम गरिरहेको संयोजक वमले बताए । उनले भने,’ ‘पलाँता गाउँपालिका विद्युतले आत्मानिर्भर गाउँपालिकाले भईसकेको छ ।
२७ सय घरधुरीमा २१ सय घरधुरी उज्यालोमा ।
चुनावका वेला जनतामाझमा गएर बोलेका वाचा अधिकांस पुरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले बताए । पहिलो प्रर्थामिकतामा, सडक, विजुली, स्वास्थ्य, शिक्षा र रोजगारी आफनो पहिलो प्रथामिकता रहेको थियो । यी प्रतिवद्धता आफनो तिन वर्षको कार्यकालमा करिब करिब पुरा भईसकेका छन । अव केही विकासका प्रतिवद्धता पुरा गर्न वाँकी छन । उनले भने, ‘अरु जस्तो विकास गर्न पलाँतामा सजिलो छैन । चुनौतिका विचमा पनी विकास गरिरहेका छौँ । सवै ठाउँमा सडक पु¥याउन नसकेपनी केही ठाउँमा सडक पुगेको छ । भारी बोकेर पैदल हिँड्न पर्ने अवस्थाको अन्त्य गरी नदिबाट गाडि तारेर भएपनी सडक पुगेका गाउँमा स्थानिय जन्ताले गाडि चढ्न पाएका छन । घर घरमा बत्ती बलेर झिलिमिली छ । अव केही वडामा मात्र बत्ती जोड्न बाकि छन । त्यो पनी एक दुई महिनामै सवै गाउँमा बत्ती पुगाउने तयारी छ । अध्यक्ष वमले भने,’ ‘जिल्लामै पहिलो पटक गाउँपालिका १५ श्यैको अस्पतालका बाट आफ्नो कार्यकालको दोसो्र वर्षमै सेवा दिन सुरु गरिसकेका छौँ’ । पलाँताका घर घरमा अहीले बत्ती बलेर झिलिमिली छन । जिल्लाकै सदरमुकाम मान्म भने, अध्याँरोमा छ । गाउँपालिले आफैले शुरु गरेको २८ किलोवाटको भुचीखोला एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औँलाखोला,एक सय ३० किलोवाटको दार्मिघाट लघुजलविद्युत आयोजनो गाउँ झिलिमिली भएका छन ।
एक सय घरधुरीलाई निशुल्क बत्ती ।
गाउँपालिका भित्रका अती गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुका लागी विद्युत महशुल छुट गरेको उर्जा शाखाले जनाएको छ । उर्जा शाखा संयोजक जनराज वमका अनुसार, गाउँ कार्यपालिकाले निर्णय गरेर गाउँपालिका भित्रका न्युन आर्थिक अवस्था कमजोर, अशक्त, असाहयहरुका लागी विद्युत महशुल छुट रहेको बताए ।
उनले भने, ‘ गाउँमा नियमित विद्युत भएपछी गाउँपालिकामा विभिन्न किसिमका उद्योगहरु संचालनमा आउन थालेको छन । जसले गर्दा विद्युत महसुलले गाउँपालिका लाई आर्थिक रुपमा पनी सहयोग पुग्ने बताए । onlinenewskhabar.com
स्मार्ट कर्णाली । ४ फाल्गुन २०७७, मंगलवार १६:०८ बजे