प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै कुर्सीमा बस्ने

प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका सांसदहरुलाई सत्तापक्षकै कुर्सीमा बस्ने व्यवस्था मिलाइएको छ।  निर्वाचन आयोगबाट पार्टी विभाजनको औपचारिक पत्र नआएकाले प्रचण्ड–नेपाल समूहका सांसदहरु सत्तापक्षको कुर्सीमै बस्ने संसद सचिवलायले जनाएको हो।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सत्तापक्षको लाइनमा नै बस्ने गरि कुर्सीको व्यवस्थापन गरिएको छ। हाउसमा सांसदहरु बस्ने कुर्सी मिलाउँदा नेकपाका दुवै समूहलाई सत्तापक्षकै लहरमा व्यवस्था मिलाइएको हो।

नेकपा आधिकारिक रुपमा विभाजित भइसकेको छैन। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादका सम्बन्धमा निर्णय गर्न बाँकी छ।