अदालतले केपी ओलीलाई हराएपनि नेपाली जनताले जिताउने छन् : महेश बस्नेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली निकट राष्ट्रिय युवा संघको भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै नेता बस्नतेले सर्वोच्चको फैसला जनताको भावनाअनुसारको नआएको जिकिर गरे।

‘सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ। सर्वोच्चले मनमाेहन अधिकारीलाई पनि हराएको थियो,’ उनले भने,‘तर, मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्। नेपाली जनताको मनबाट कहिल्यै हराएनन्।’

सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रि पद्धतिलाई स्वीकार नगर्ने उनको भनाई छ। ‘आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ। तर, अदालतको यो फैसला विवादित फैसला हो। सर्वोच्चको फैसला जनताको भावनाअनुसारको फैसला होइन,’ उनले भने,‘यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन।’

तर, अदालतले प्रधानमन्त्री ओलीलाई हराएपनि नेपाली जनताले जिताउने उनको दाबी छ। ‘अदालतले हराएपनि नेपाली जनताले केपी ओलीलाई जिताउने छन्,’ बस्नेतले भने।

तर, आफूहरु अदालतको फैसला स्वीकार गर्ने र कार्यान्वयन गर्ने उनले बताए।