चरम यौन सन्तुष्टिकाबारे अनुसन्धान कर्ता यसो भन्छन्

काठमाडौं । यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अत्ति सरल रुपमा दिन्छन ।

जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ ।

हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ ।

बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए ।

यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।

फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम (स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि) लाई अवलोकन गर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए।

अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तैः व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन गर्ने गर्छन् ती सबैलाई ध्यान दिन भनेका थिए । एजेन्सी