नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोलि कर्णाली प्रदेशमा smartkarnali

नेपाल स्वयमसेवक युवा संगठन केन्द्रीय टोली मुगु जुम्ला हुदै कालिकोट हुँदै प्रदेश राजधानी सुर्खेत पुगेको छ ।
नेपाल स्वयमसेवक संघको भातृ संगठन युवा संगठनका केन्द्रीय अध्यक्ष जन्जित पुरुष उपाध्यक्ष जिवन भुसाल सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाह कर्णाली प्रदेश संयोजक मिलन शाही लगायतको टोलि मुगुका जिल्ला कार्यसमिति अध्यक्ष बालचन्द्र कार्की लगायतका साथिहरु सँग भेटघाट संग संगै कर्णाली प्रदेशको मुगु जिल्ला बाट ठाउँको अध्यनगर्ने गरि सुरुवात थालिएको छ । जिल्लामा रहेको स्थानिय स्रोतसाधनको कसरी परिचालन गर्ने सकिन्छ भनि सम्भाब्यता पत्ता लगाउनको लागि टोलि कर्णाली प्रदेशको पर्यटकिय स्थल राराताल पुगि मुगु जिल्लामा एक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्षज्युले राष्टलाइ सम्वृद्धि बनाउनका लागि युवा पुस्ताको जागरुक्ता गराउन नेपाल स्वयमसेवक युवा संगठनको भुमिका रहनुका साथै उहाँले स्थानिय स्रोतसाधनको उचित मुल्याङ्कन गरि स्थानिय स्तरमै परिचालन गर्ने कुरा कार्यक्रममा राख्नु भयो । त्यसैगरी उपाध्यक्ष जिवन भुसाल ले कार्यक्रममा उपस्थित युवाहरुलाई ब्यावसायिक, तथा समाजमा सामाजिक कार्यहरु गर्नका लागि उत्प्रेरणा दिनुका साथै संगठन प्रति पदाधिकारीहरुको काम र कर्तव्य सिकाउदै कार्यक्रममा आफ्नो अमुल्य समय दिनुभयो । सुदुरपश्चिम प्रदेश संयोजक हिक्मत शाहले नेपाल सरकारले पिछडिएका वर्ग सरकारले दिनुपर्ने जति सेवा सुविधा नदिन सकेका जनतालाई नेपाल स्वयमसेवक युवा संगठनले गरिवि हटाउने आफुले गर्न चाहेर पनि स्थान नपायर गुम्सेर बस्नुभएका समुदायलाई स्थान दिने नेपाल स्वयमसेवक युवा संगठनको पहिलो उदेस्य रहेको बताउनुभएको छ यसै क्रमम
नेपाल स्वयमसेवक युवा संगठन कर्णाली प्रदेश संयोजक मिलन शाहीले कर्णाली प्रदेशमा भइरहेको हत्या हिंसा बलात्कार भष्ट्राचार बिरुद्ध हामि राष्टसेवक युवा एकजुट हुन जरुरी रहेको र सरकारले ल्याएका सकरात्मक पक्षलाई समर्थन गर्दै नकरात्मक पक्षको खवरदारी गर्ने तपाईं हाम्रो पहिलो दायित्व रहेको बताउनु भएको छ।