१ मंसिर, काठमाडौं ।
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । दुई वटा वडा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन बाँकी रहेको अवस्थामा जिल्ला सभापति विकास लामाले बुधबार विज्ञप्ति जारी गरी अधिवेशन गर्न असहज अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले अधिवेशन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले असहयोग गरेको आरोप लगाएका छन् । अधिवेशन हुन नसकेका दुई वटा वडा र सामान्य विवाद भएका अरु दुई वडामा कात्तिक ३० मा अधिवेशन गर्न खोज्दा निर्वाचन समितिका पदाधिकारी अनुपस्थित भएको जिल्ला सभापति लामाले बताएका छन् ।
जिल्ला सभापति लामाले जिल्लामा अधिवेशनको वातावरण बनाउन पहल भइरहेको जनाएका छन् । सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य बस्नेत र जिल्ला सभापति लामाबीचको १३ औं महाधिवेशनदेखि नै खटपट छ ।
स्मार्ट कर्णाली । १ मंसिर २०७८, बुधबार १८:५९ बजे