पलाँता गाउँपालिका एक कर्णालीको दुर्गम स्थानिय तह हो । राज्यको पुनः संरचना पश्चात कालिकोटका साबिकका ३ गा.वि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ । ९ वडा रहेका गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मि. हेको छ । विकासको नजरमा सबै भन्दा पछाडि रहेको यस गाउँपालिकामा स्थानिय सरकार आएपछि विकासले तिब्र रुपमा गति लिएको ।
गाउँपालिका अध्यक्षको रुपमा लक्ष्मण बहादुर बम आएपछि उनले हाल सम्म पनि आफ्नो कार्यकक्ष निमार्ण गरेका छैनन् । जहाँ भेट्यो सोहि स्थानमा सेवा दिने उनि कालिकोट मात्रै हैन देशकै लागि प्रेरणाका स्रोत हुन । प्रष्ट विचार राख्ने नेताका रुपमा पहिचान बनाएका बम राज्यको श्रोत साधनमा रमाउनु भन्दा पनि स्थानिय क्षेत्रको विकास पहिलो प्रथामिकता राखेका छन् । हाल गाउँपालिकामा १० बर्षे रणनितक गुरुयोजना बनाएर काम गरिरहेका उनि आफ्नो कार्यकालमा पहिलो चरणको विकासको अभियानमा तल्लिन छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य समेत रहेका बम सबैका राजनितिक दलका लागि उदाहरणका पत्र हुन् । आउनुहोस् उनै बम सम्म अनलाइन दैनिकले समसामहिक रुपमा गरेको कुराकानीको संक्षिप्त अंश ।
जनप्रतिनिधि भएर आएपछी पहिलो काम के गर्नुभयो ?
पलाताँ गाउँपालिका केन्द्र सरकारले नचिनेको विकट गाउँपालिका हो । साविकका ३ गाबिस मिलेर पलाताँ गाउँपालिका बनेको हो । हामिले जे गरिरहेका छौ त्यो सबै शून्य बाट सुरु गरेका छौ । हामिले आधार निर्माण गरेर मात्रै विकास हुन सक्छ भन्ने अभिप्रायले सडक निर्माण, खानेपानी, रोजगारीको सिर्जनाबाट काम सुरु गरेको हौ । काम अगाडी बढाएका थियौ । विकासका कुरा गरिरहदा अथाह सम्भावना भएको छेत्र हो । सिचाँइका लागि भनेर ७५५ पक्की संरचना पुरा गरेका छौ । स्थानिय स्रोतमा २५० किलो वाटको विद्युत उत्पादन गरेका छौं । आगामी फागुन भित्र स्थानीय तहका सबै वडामा विद्युतिकरणको काम सकिने छ ।
<span;>म निर्वाचित भएर आउँदा स्थानिय तहमा कुनै पनि सडक संजाल नभएकोमा हाल सम्म सबै वडा सडक संजालमा जोडिन पुगेका छन् । असार मसान्तसम्म प्रत्यक टोल र गाउँमा पु¥याउने तरिकाले काम भैरहेको छ । खानेपानीको कुरा गर्दा एक घर एक धारा मिटर सहितको हामिले जुन नीति लिएर आयौ अहिले हामी त्यो पनि ८५ प्रतिशत सम्म पुगिसकेका छौ । स्थानिय मुहानबाट पानि बन्दोबस्त गरेर असार मसान्तसम्ममा ९५ प्रतिशत घरधुरीलाई धारा पनि वितरण गरिसक्छौ । रोजगारीको सन्दर्भमा त्यहाँका सहिद परिवारहरु, घाइते, अपांगहरु, जनमुक्ति सेनाहरु, यहाँका असाहय, गरिब, दलितहरुलाई विशेषत व्यवसाय कसरी गर्ने, व्यवसायमा धैर्यता कसरी राख्ने, व्यवसाय गर्दा हिसाब किताब सिकाउने गरि पढायौ र अहिले तेस्रो बर्ष बाट उहाँहरुलाई सीप सिकाएर स्व-रोजगारीमा लगाएका छौं । स्वास्थको सन्दर्भ मा स्थानिय तहमा १५ सैयाको अस्पताल सञ्चालनमा ल्याएका छौं । गाउँपालिकाले कृषि पकेट छेत्र घोषणा गरेर बर्षेनि १ लाख स्याउका विरुवा गाउँपालिकाले दिने र सोहि बरावर स्थानिय कृषकले रोप्नु पर्ने प्रावधान ल्याएका छौं । गाउँपालिकाले गाउँमा उत्पादन भएको बस्तु शहरमा पु¥याउन आवश्यक सहयोग गरेको छ । सिमि, आलु लगायतका तरकारी बालिलाइ पनि बिशेष कार्यक्रम यथावत नै छ।
यहाँको स्थानिय तहमा निजी शैक्षिक संस्था पूर्ण रुपमा बन्देज गरीएको भन्ने छ । किन यस्तो गर्नु भयो ?, कि कतै आफ्नो लगानी नभएको झोकमा त हैन ?
हाम्रो गाउँपालिकामा शिक्षामा ब्यापारिकरण गर्न हुदैन भनेर हामीले निजि विद्यालय बन्द ग¥यौ । हामिले १० बर्से गुरुयोजना बनाएका छौ । शिक्षा क्षेत्रमा अबको १०बर्ष भित्र राजधानी संग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पालन गर्न लक्ष्य हामीले लिएका छौं । हाम्रो योजना कार्यानवन गर्न पहिला समाज शिक्षित हु्न आवश्यक छ भन्ने लागेर नै हामीले पहिलो प्रथामिकता विद्यालयको गुणस्तर सुधारमा लागेका हौं । हामीले ३ बर्ष सम्म शिक्षाका आधारभूत कुरा पूरा गर्ने भनेका छौ । शिक्षा निति, प्रणाली, शिक्षक र विद्यार्थिको निरन्तरता लगाएतका कुराहरुलाई प्रथामीता दिएका छौं ।
यता निजि विद्यालय बन्द गर्ने उता सरकारी विद्यालय सुधार नहुने यस्तो हुन नदिने गरि काम गरेका छौ । हामीले १३ वटा विद्यालय छनोट गरेर अंग्रेजी माध्यममा गुणस्तरीय प्रदान गर्दै आएका छौ । अहिले त्यो ६ कक्षा सम्म छ । त्यसका लागि दक्ष जनशक्ति हामीले गाउँपालिकाको बजेटबाट थप शैक्षिक अनुदान दिएर व्यवस्थापन गरेका छौ । नेपाल सरकारको अनुदान कुरेर साथै हचुवा तालमा हामीले गुणस्तर गरेका छौ भनेर भनेका छैनौँ । माटो र बाटो खनेर हुदैन भनेर हामीले शिक्षा र स्वास्थलाई प्राथमिकता दिएर काम गरेका हौँ । बरु १ किलो मिटर बाटो कम पिच गरौ भन्ने हो । सडकको पैसा बरु शैक्षिक गुणस्तरमा लगाउँ भनेर लागि परेका छौं ।
पढ्न नपाएका र बेसहारा भएका बालबालिकाका लागि आवासीय सुबिधा छ सहिद स्मृति आवासिय विद्यालय भनेर संचालनमा छ । त्यहाँ अहिले ४० जना विद्यार्थी पढ्छन । प्रदेश सरकारले पनि त्यसका लागि सहयोग गरेको छ । त्यहाको भौतिक संरचनाको व्यवस्थापन प्रदेश सरकारले गरेको छ भने अन्य व्यवस्थापन हामीले गाउँपालिका बाट गरेका छौ । अहिले आवाशका लागि २ वटा भवन छ। कोहि पढ्न नपाउने अवस्था न आवस भनेर हामीले काम गरेका छौँ ।
तपाइले यि अथाह कुरा गरिरहँदा यो कसरी सम्भव भयो?
विकासका कुरा गरिरहदाँ सम्भावना भएको छ । अथवा भनौ सम्भव गरिएको छ । जुन चाहिँ हिजो नेपाल सरकारले करोडौं रुपैयाँ खर्चेर पनि पानी नल्याएको ठाँउमा आज हामीले पानी ल्याएकाछौँ । हामीले हिजो सम्पन्न नभएका योजना आज गरेर देखाएका छौँ । शिक्षाको सन्दर्भमा पनि हामीले गरिरहेका छौँ । शिक्षा संगै हामीले सञ्चारको सन्दर्भमा स्थानीय तहको लगानिमा पहिलो रेडियो पलाता एफ.एम. भनेर सञ्चालन ल्याएका छौं । अहिले हाम्रो स्थानिय तहमा फोन नलाग्ने समस्या सम्भवत मेरो कार्यकाल सकिनु अगाडि नै त्यहाँका दुई स्थानमा नेपाल टेलिकामको टावर राखिने छ । युवाहरूलाई समुहमा रोजगार दिनुपर्छ वैदेशिक रोजगारीमा जाने क्रम अन्त्य गर्नुपर्छ भन्ने हिसाबले हामीले युवा रोजगार कार्यक्रम भनेर सुरु ग¥र्यौ । युवाहरूलाई रोजगारी दिन कार्यबिधी नै बनायौ । अहिले पनि हाम्रो अर्धदक्ष कामदारका रुपमा रोजगार लिएका १ सय जना भन्दा बढी छन । यि र यस्तै कामले गर्दा सबै सम्भव भएको छ ।
कर्णालीमा चिकित्सक, दक्ष जनशक्ति जान मान्दैनन् भनिरहदा गुणस्तरिय स्वास्थ सेवा सहज पु¥याउन सक्नुहुन्छ त ? हामीले अहिले १५ सैयाको अस्पताल सञ्चालन गरी एक जना विशेषज्ञ सहित २९ जना अन्य कर्मचारी राखेर काम गरीरहेका छौं । कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान संग कुरा हुँदैछ । बिशेषज्ञ जिल्ला अस्पताल बाट, कर्णाली बिज्ञान प्रतिस्ठानबाट आवश्यक परे ल्याउने गरी योजना बनाएका छौं । अहिले पनि बेलाबखतमा जिल्ला अस्पताल बाट गइरहनु भएको छ। यातायातको हिसाबले पनि पहिला जस्तो छैन् । पहिले जुन चुनौती को रुपमा थियो पहाडी र ग्रामीण छेत्रमा चिकित्सक र दक्ष जनशक्ति बस्दैनन भन्ने हामीले बस्ने वातावरण बनाएका चाहिँ छौं । थप विकास गर्न त्यसको विकसित स्वरुप त हामीले बनाउछौ नै । हिजो अहेबको भरमा वा कार्यालय सहयोगिको भरमा स्वास्थ सस्था थिए । कार्यालय सहयोगीलाई डाक्टर भनेर बोलाउने ठाँउ सिटामोलको भरमा जीवन बचाउने ठाँउमा आज त चिकित्सक नै हुनुहुन्छ ।
अहिलेको अवस्थामा राजनीतिमा युवाको भूमिका के देख्नुहुन्छ ? युवा पुस्ता को भुमिका निर्वाह गर्ने ठाँउमा पुगेका छैनन् । भुमिका रहनुपर्छ भनेर माग गरिरहेको अवस्था छ । अहिले राजनितिक दलहरुको कार्यकारी स्थानमा युवा पुस्ता हुनुहुन्छ । अबको २/३ बर्ष पछि केही हुन्छ भन्ने अपेक्षा छ। हामी सबै मिलेर दिन र गर्न सक्यो केहि नयाँ र फरक हुन्छ। नयाँ पुस्ताले मात्र केहि गर्न सक्दैन अनि पुरानो मात्रै पनि राखेर काम हुदैन । त्यही भएर सबै मिलेर अगाडि बढ्न सक्नुपर्छ । अब युवालाई रोजगार बनाउन राज्यले निति बनाउन आवश्यक छ । पहिलो कुरा राज्यको अर्थतन्त्रमा सिन्डिकेट लगाउन पर्छ । त्यो गर्न सकेन भने धनी धनी बन्दै जाने र गरिब गरिब बन्दै जाने हुन्छ। बेरोजगारीहरु बढदै जाने हुन्छ । त्यसैले यसको मापदण्ड तयार पार्नुपर्छ । यत्ति सम्म पैसा कमाउन पाउने भन्ने निति बनाउनुपर्छ । उद्योग, कल कारखाना सरकारको मातहतमा रहनुपर्छ । बेरोजगार युवालाई एक घर एक रोजगार भनेर सरकारले ग्यारेन्टी गर्नुपर्छ । उत्पादनमा जोड दिनुपर्छ । अन्य परिवारका सदस्य जोडिनका लागि कृषि नीति परिमार्जन सहित अगाडि बढ्नुपर्छ।
वर्तमान अवस्थामा केन्द्रीय स्थमा उठेका विवादका कुराहरुमा तपाईको धारणा के छ ? राष्ट्रियताका विषयमा हामी किन कहिले गम्भीर हुन सकेनौ ?
हाम्रो पार्टीले गहन रुपमा लिएको जस्तो लागेको छ । र लिनुपनी पर्छ । सधै भोट माग्नका लागि मात्र हैन राष्ट्रियताका लागि पनि केही गर्नुपर्छ । जो व्यत्तिको निजि स्वार्थ , पार्टीको स्वार्थ जो छ त्यो भन्दा माथी उठन सक्नुपर्छ राष्ट्रियताका सवाल मा युवाहरू माथी उठ्नसक्नु पर्छ । त्यतिखेर पार्टी एकठाउँमा थन्काउनुपर्ने , पार्टी भित्र संघर्स गर्नु परे पनि गर्न सक्नुपर्छ । सबैले उठाएको मुद्दा पनि यहि नै हो । हिजो कसरी चलिरहेको थियो भन्नु भन्दा पनि आज र आज भन्दा भोलि विकसित रुप लिदै जानुर्पछ । सिमा विवादमा अब हामी त्यहाँ पुग्न सक्नुपर्छ । चर्को स्वरमा उठिरहेको मुद्दा को विषयमा कार्यकर्ता कति बनाउने भन्दा पनि देश लाई कसरी बचाउने भोलिका सन्ततिका लागि भनेर सोच्न पर्छ ।
कुरा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) जस्ता परियोजनाको हो भने मेरो व्यत्तिगत हिसाबले घोर बिरोध छ । यो तर्फ हेर्न हुन्न भन्ने छ । किन हेर्न ? हिजोका सन्धी सम्झौताहरुले प्रष्ट गरेको छैन ? हामी कहिँ निर गएर धरापमा परेकै छौ त । अनि अर्को सम्झौता गरेर भावी सन्ततिलाइ पनि दबाबमा नै राख्ने त ? किन गर्ने सम्झौता के चाहिएको छ ? देशमा १ महिनाको मात्रै ठुलाले खाने कमिसन रोक्ने हो भने एमसिसि बाट आउने पैसा सबै यहि जम्मा हुन्छ । आज युवाहरू तयार छन उनीहरु १० दिन मात्र काम लगाउने हो भने त्यो एमसिसि परियोजना ले दिने पैसा दिन सकिन्छ ।
नेपालमा तपाईहरु १० बर्षे जनयुद्द गरेर राजा फाल्यौँ भनेर कुर्लि रहँदा केहि दल संवैधानिक राजसंस्था, धर्म र संघिएताका कुराहरुमा विरोद गर्दै छन् नि ? यो हेर्दा तपाइँलाई कस्तो लाग्छ ?
जनयुद्ध नभएको भए समानुपातिक प्रणालि आउने थिएन होला । कसैले व्यत्तिगत स्वार्थका लागि के गरे के गरेनन त्यो कुरा नगराैं । पहिले टाउकाको मुल्य तोक्ने मान्छे अहिले गणतन्त्र, समानुपातिक र धर्म निरपेक्षताको पक्षमा छन । नयाँ संविधानको एजेन्डामा छन । प्रचण्डको कारण ले मुलुक गणतन्त्रमा आउन सफल भएको भन्ने कुरा स्विकारेकै छन् । हिजोको विकास र आजको बिकास हेरौ न ? ५० बर्ष को बिकास लाई ५ बर्ष को बिकासले उछिन्छ । हिजो पनि बजेट आउँथियो आज पनि आउँछ र भोलि पनि आउँछ फरक यत्ति हो कि ? आज सबैले आफ्नो विकासको आधार हेर्न पाएका छन् । तर हिजोका दिनमा अर्थात पञ्चायतमा यस्तो भएन जसको स्वरुप जनयुद्ध भयो ।
धर्म मान्ने मान्छेको नैसर्गिक अधिकार हो । यति हो कि हामीले जनतालाई व्यवस्थाका बारेमा बुझाउन नभएर पछि हिन्ने कार्यकर्ता मात्रै बटुल्न तिर लाग्यौँ । कुरा व्यवस्थाको हो भने हिजोका प्रधान पन्चलाई कसैले आँला ठड्डाउन पाउँदैन थे । अहिले मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्री सबै संग कुरा खुलेर कुरा राख्न पाउँछन् । आफ्ना आवश्यकताका कुरा गर्न पाएका छन् । राज्यका हरेक निकाएमा न्यूनतम रुपमा भएनि सहभागि भएका छन् । यो सबै अधिकार जनयुद्ध ले गर्दा ल्याएको हो । त्यो भन्दै गर्दा पुराना संरचना भौतिक संसचना भत्काउन पर्छ भन्ने पक्षमा म छैन । उहाँको पनि इतिहास छ । गणतन्त्रमा शहिद भएकालाई अर्को तन्त्र आएपछि फाल्ने भन्ने त त्यो हुदैन नि ? हिजो एकिकरण गरेर पृथ्वीनारायण शाहले पनि भुमिका खेल्नु भएको हो । उहाँको सालिक किन फाल्ने ? त्यस्तै भुमिका विरेन्द्रको छ । अझ त त्रिभुवनले देशमा शिक्षाको विकास गर्न विश्वविद्यालय बनाए । अहिले हामी पढेका छौं । हो उहाँहरुको विकास क्रम समायनुकुल छ । हामीले विरोध गर्नु भन्दा पनि सम्मान गर्न सक्नु पर्छ । यो भन्दै गर्दा राजपरिवार लाई फेरि ल्याएर कार्यकारी वा संवैधानीक पदमा राख्ने कुरा चाहिँ एकदम गलत छ। अब उहाँहरु संग्रहालयमा थन्किनुभयो भोलि केही आयो भने गणतन्त्र संग्रहालयमा थन्किन्छ । जिबित हुदा केहि गरे सालिक बनाएर राख्दैमा केही छैन ।
अन्तयमा तपाईको कार्यकालको छोटो समय बाँकी छ , अब गर्नै पर्ने योजना केहि योजना छन् कि ?
म स्थानीय सरकारको प्रमुख भएर काम गर्ने जिम्मेवारी ३/४ महिना बाकीँ छ । तर म यहाँको नागरिक भएर जिवन्त यहिँ रहनेछु । विकास निर्माण, जनजिविकाको सवालमा म सधैव केही न केही गर्ने कोसिस गरिरहनेछु । मलाई आजको ठाउँमा ल्याउने पनि यहाँको नागरिक नै हुन् । यहाँको विकासका लागि जुन १० वर्षे योजना परियोजना छ । त्यहि कार्यान्वयनमा मेरो भुमिका रहन्छ ।
अबको माग भनेको नागरिक सवालका कुरा नै मुख्य हुन् । त्यो भएको हुनाले अब उत्पादन मा जोडेर आत्मनिर्भर बनाउनेतर्फ लाग्छौँ। नागरिक भएको नाताले पनि त्यहाँ जनजिविकाका सवालहरु पूरा गर्नुपर्छ । मैले छुट्टै व्यक्तिगत काम गर्ने त हैन नि ? त्यो योजना मलाइ मात्र चाहिने होइन । पुर्व अध्यक्षले गरेका काम भोलि आउने अध्यक्ष लगाएत सबैलाइ चाहिने हो । सडक, खानेपानी संरचना सबैलाई चाहिने हो । निति, विधि, सिद्धान्त सबैलाई जोडेर बनाएका छौ । त्यो कांग्रेस, एमाले, राप्रपा जो आए पनि चाहिने हो । त्यसले हामीले बनाएको निति विधि लागू हुन्छ । म यसलाई कार्यान्वयन गराउन स्थानिय सरकार प्रमुख हुँदा वा नहुँदा पनि काम गर्न तल्लीन रहन्छु । अनलाइनाइन दैनिक बाट साभार
स्मार्ट कर्णाली । २४ पुष २०७८, शनिबार २०:३५ बजे