कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघको दोस्रो र तेस्रो साधारण सभा सम्पन्न

कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघको दोस्रो र तेस्रो साधारण सभा सम्पन्नभएको छ । कर्णाली प्रदेश अध्यक्ष मोहोन आर्चाको अध्यक्षता ,नेपाल निमार्ण ब्यवसायी महासंघको पुर्ब केन्द्रीय सदस्य पुणबहादुर बस्नेत,नेपाल निर्माण ब्यवसायी महांसंका केन्द्रीय उपाध्यक्ष रत्न बहादुर खड्काको प्रमुख आतिथ्यता र सुर्खेत उद्योग बाणिँज्य महांसंघका बरिष्ठ उपाध्यक्ष हर्स बहादुर खड्का बिशेष आतिथ्यतमा र कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका महाँसचिव भक्ती प्रसाद न्यौपाने,नेपाल निमार्ण ब्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष जनक रावल,नेपाल निमार्ण ब्यवसायी एकता समाज सुर्खेत अध्यक्ष बिनोद कोइराला, कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका सदस्य मानब बम, सदस्य बिजयश्वरी खड्काको उपस्तीथिमा महासंघको दोसा्रे र तेसा्रे साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघ प्रदेश अध्यक्ष महोन आर्चाले सरकारले निर्मार्ण ब्यवासायी लाई पेरणा र प्रोत्साहन दिनु प्रनेमा निरुत्साही बनाइ रहेको आरोप लाउनु भयो
यस्तै नेपाल निमार्ण ब्यवसायी महासंघको पुर्ब केन्द्रीय सदस्य पुण बहादुर बस्नेतले ठुला निर्मार्ण ब्यवसायीले साना ब्यवसायीलाई घर न घाटको बनाएको आरोप लगाउनु भयो । सानो ठेक्कामा चाके थाप्ने र ठुलोमा घटि घटाउ गरेर साना निमार्ण ब्यवासायी मारमा परेको बताउदै आगामि दिनमा तेस्लाइ सुधार गरि एकताबद्ध भएर लाग्न सबै निमार्ण ब्यवासायीलाई अनुरोध ग्रनु भयो ।

नेपाल निर्माण ब्यवसायी महांसंका केन्द्रीय उपाध्यक्ष रत्न बहादुर खड्काले स्थानिय,प्रदेश,केन्द्र तिनै सरकारले निमार्ण ब्यवसायीको मर्म बिपरित कानुन बनाएर अघि बढेको बताउदै बिकासलाई दिर्गकालिन बनाउन बाधक सरकार नै बनेको बताउनु भयो ।सुर्खेत उद्योग बाणिज्य महांसंका बरिष्ठ उपाध्यक्ष हर्स बहादुर खड्काले निर्माण ब्यवसायीले गर्ने हरेक बिकासका कामहरु दिर्गकालिन ग्रनु पर्ने बताउनु भयो । सरकारले पनि निर्माण ब्यवसायीहरुलाई काम गर्नेका लागी सबै बाटाहरु खुल्ला बनाई निति तथा कानु बनाउदा निर्माण ब्यवासायीको सल्लाहाँ सुझाब लियर बनाउनु प्रर्नेमा जोड दिनु भयोे ।

महासंघको दोस्रो र तेस्रो साधारण सभाको उद्यघाटन सत्र लगतै बन्द सत्र सञ्चालन गरि आजै सम्पन्न भएको छ । बन्द सत्रमा कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका महाँसचिव भक्ती प्रसाद न्यौपानेले प्रगति प्रतिबेदन प्रश्तुत ग्रनुभएको थियो भने कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका कोषाअध्यक्ष अशोक कुमार थापाले आर्धिक प्रतिबेदन पेस ग्रनुभएको थियो र उक्त प्रतिबेदन लाइ सभाले सर्बसहमत पारित गरेको छ ।

कार्यक्रमको संञ्चालन कर्णाली प्रदेश निमार्ण ब्यवसायी महासंघका प्रदेश सचिव भरत कुमार डाँगीले ग्रनु भएको थियो ।

कार्यक्रममा निमार्ण ब्यवसायमा योगदान गरेको ब्याक्तीत्व हरुलाई मायाँको चिनो सम्मेत हस्तान्त्रण गरिएको हो ।