पहिलो पटक कालिकोटमा कानून बिषयको अध्यापन हुँदै

सुर्खेत । कालीकोट जिल्लामा पहिलो पटक कानून बिषयमा अध्यापन हुने भएको छ । रास्कोट नगरपालिका वडा नं. ६ मा सञ्चालित कालासिल्ला माबि गोर्खालीगाउँमा पहिलो पटक कानून बिषयमा अध्यापन हुने भएको छ । कालासिल्ला माबि कानून तथा अनुसन्धान संकायमा अध्यापन गराउने जिल्लाको पहिलो बिद्यालय हुने भएको छ ।

विद्यालय ब्यस्थापन समितिको निर्णय बमोजीम रास्कोट नगरपालिकाले कानू बिषयमा अध्यापन गराउने स्विकृति दिएपछि जिल्लामै पहिलो पटक कानून बिषयमा पढाई सञ्चालन हुने भएको हो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज शाही पोषणका अनुसार जिल्लामा क्याम्पस र उच्च माविहरु सञ्चालनमा रहेपनि कानून बिषयको पढाई नहुने हुँदा सो बिषय अध्ययन गर्ने रुचि भएका स्थानियहरु जिल्ला बाहीर जानु पर्ने कठिनाईलाई मध्यनजर गरि पढाइको तयारी गरिएको हो । अध्यक्ष शाहीका अनुसार नगरपालिकाले कानून बिषयमा अध्यापन गराउनु खुसीको कुरा भएको भन्दै कार्यपालिकाले तत्काल स्विकृति प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

कानून तथा अनुसन्धान संकायमा अध्यापन गराउने बिषयमा अविभावकहरुको भेला गराउँदा अविभावकहरुले कानून संकाय सञ्चालन गर्दा आफूहरुले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक सन्तराज शाहीले बताउनु भयो ।
लामो समयदेखि कानून बिषयमा कक्षा ११ र १२ मा अध्यापन गराउन सरकारले रोक लगाए पनि हाल सो रोक खुलेसँग कालीकोटमा पनि कानून बिषयमा अध्यापन सूरु हुने भएपछि स्थानियवासीले खुसी ब्यक्त गरेका छन् ।
२०४० सालमा स्थापना भएको सो बिद्यालय २०६५ मा निमाबि र २०६९ मा माबि सञ्चालनमा आएको हो ।