नेपाली कांग्रेस रास्कोट नगरकार्य समितिले २०७९बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय चुनाबमा राष्कोट नगरपालिकाको नगर प्रमुखमा २५ बर्षे भिम शाही लाइ सिफारिस गरेको छ ।
राजनितक यात्रा २०६२, ६३ को जनआन्दोलन मा ३१ दिन पछि ने .बि .सघ को राजनीति यात्रा सुरु गरेका शाही २०६३ साल मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज ने.बि.संघ सदस्यता लिई महेन्द्र बहुमुखि क्याम्पस इकाई उपसभापति हुदै स्वतन्त्र बिधार्थी युनियन को चुनाब मा ने बि संघ को तर्फबाट स्वतन्त्र बिर्धाथी युनियन को सदस्य मा थोेरै मतान्तर बाट पराजित हुने कणरली बिधार्थी हित समिती को उपसभापति हुदै २०६४ मा पाटिको क्रियासिल सदस्य हुदै तिला कर्णाली बहुमुखी क्याम्पस ने.बि.संघ इकाई सभापति हुदै नेबिसंघ जिल्ला उपाध्यक्ष हुदै नेबिसघ जिल्ला अध्यक्ष को उम्मेदवारी २०६८ पछि ने.बि.संघ केन्द्रीय महाधिवेशन प्रतिनिधि हुदै पाटी का हरेक क्रियाकलाप समाबेस हुदै पाटी का जिल्ला अधिबेसन बाट जिल्ला प्रतिनिधि २०७३ त्यसपछि सामाजिक सेवा पछि जागिर एनजीओ आई एनजिओमा जागिर हुदै २०७४ पछि को स्थानीय चुनाब पछि जागिर बाट राजिनामा दिई आफ्नो गाउँ आफै बनाउ भन्ने उदस्य का साथ सामाजिक काम सामाजिक अभियान मा सहभागी हदै आएका शाहीलाई भखरै सम्पन्न भयको पाटी को अधिबेसन बाट नगरसभापति को रुपमा अगाडी बढ्दैै केहि त्रुटिपूर्णका साथ पाटी को जिल्ला कमिटी सदस्य मा निर्बाचित हुदै हाल निकट भबिष्य हुने स्थानीय चुनाब को लागि राष्कोट नगरपालिकाको नगर प्रमुख पदमा सिफारिस गरेको छ ।
शाहीले आफ्नो फेस बुकमार्फत नेपाली कांग्रेस रास्कोट नगरकार्य समितिले २०७९बैशाख ३०गते सम्पन्न हुन गइरहेको स्थानीय चुनाबमा मलाई मेयर पदमा सिफारिस गरेको छ।मेरो पार्टी प्रतिको योगदानलाई मुल्यांकन गरिदिनुभएकोमा सम्पुर्ण वडा सभापतिजीहरु,जिल्ला ने।का जिल्ला कार्यसमिति कालिकोटका सदस्य साथीहरु,प्रदेश ख का नेता साथीहरू र नगरकार्य समितिका साथिहरु र क्रियाशील सदस्य,र सम्पुर्ण पार्टीमा आबद्ध भातृ संगठनका साथीहरू प्रति कृतज्ञता ब्यक्त गर्न चाहान्छु।रास्कोटी जनताको अपार माया,र सद्भावनाको आबश्यकता महसुस गरेको छु यतिबेला मैले।जनताले बिश्वास गर्नेकुरामा म भरोषायोग्य ब्यक्तिको रुपमा सधै जनताको बिचमा रहिरहने प्रतिबध्दता ब्यक्त गर्न चाहान्छु। भन्दै धन्यवाद ज्ञापन दिएको छन
स्मार्ट कर्णाली । २८ चैत्र २०७८, सोमबार १५:०३ बजे