दोस्रो गाउँसभा बाट कृर्षिमा ३३ प्रतिसत बजेट बिनियोजन गरेका छौ -अध्यक्ष बम

खाद्य र पोषण सुरक्षाको अवधारणा अनुरुप दीर्घकालीन कृषि योजना गरि कृषि विकासका लागि यस क्षेत्रको आधुनिकरण एवं व्यवसायीकरण    गरी प्रतिस्पर्धी बनाउने उदेश्यले यस गाउँसभाबाट कृर्षिलाई प्राथमिक्ता दिएको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बहादुर बमले बताउनु भयो ।

पलाता गाउँपालिकामा २०७५÷०७६ दोस्रो  गाउँसभाले ३३ प्रतिसत बजेट कृर्षिमा लगानि गर्ने निणय गरेको अध्यक्ष लक्षमणबहादुर बमले स्मार्टकर्णाली न्युजलाई जानकारी दिनु भयो । आ.ब २०७६÷०७७ को कुल बजेट बाट ३३ प्रतिसत बजेट कृर्षि क्षेत्रमा लगानिका लागी गाउँसभा बाट निणर्य गरिएको अध्यक्ष बमले बताउनु भयो ।