सुर्खेत : ,सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेसँगै नेताहरू पार्टीभित्र टिकट पाउनको लागि लबिङ गर्न थालेका छन्। यहीबीच नेकपा एमाले दैलेखले क्षेत्र नं २ देखि पाटिले ५ जना को नाम सिफारिस गरेको छ जसमा राज ब. शाही , बिष्णु रिजाल , लक्ष्मी पोखरेल , राज ब . बुढा , बिनोद शाह , लाई पाटिले चुनाव लड्न सक्षम ब्याक्तीको रुपमा सिफारिस गरेको हो ।

पाटिले सिफारिस गरेका ५ जना मध्य सबैभन्दा बलियो उमेदवार को रुपमा राज ब. शाही मानिन्छ्न । किनकि पाटी भित्र एकरुपता जनपक्षीय काम जन्ताको साथ युवा हरुको चाहाना अनुरुप संगै निरन्तर जन्ता संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा घुलमिलमा शाही देखिन्छन।

पछिल्लो समय चुनाव नजिकिँदै गर्दा सामाजिक संन्ज्याल मा पनि शाही को चर्चा परिचर्चा निकै देखिन्छ जुन धेरैजसो अहिलेका युवा तथा नागरिकमा बदलिँदो देशको अवस्थामा केहि गर्न सक्ने मानिसको रुपमा शाही लाई लिएका छ्न ।

चुनावमा युवाहरूको उपस्थिति हुनुपर्नेमा आफू दृढ रहेको शाही बताउँछन्। बारम्बार एउटै व्यक्तिले अवसर पाएर काम नगरेको विगतलाई दृष्टिगत गर्दै युवा ऊर्जालाई पनि प्रेरित गर्नूपर्ने आफू संघ मा गयर दैलेख जिल्ला तथा प्रदेशको बिकाशमा अग्रसरतामा भयर लाग्ने उनको भनाइ रहेकाे छ।
राज ब. शाही , हाल कर्णाली प्रदेशको बहालवाला सभामुख पनि हुनुहुन्छ ।।