सुर्खेत । नेकपा एमालेमा आवद्ध जनसंगठनहरुले आज कर्णाली प्रदेशको राजधानीमा प्रदर्शन गरेका छन् । वर्तमान गठबन्ध सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न ध्यान नदिएको भन्दै त्यस विरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा नेकपा (एमाले)ले सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् । संयन्त्रको साउन १७ गते बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रर्दशन गर्ने निर्णय गरेको थियो ।
स्मार्ट कर्णाली । २८ श्रावण २०७९, शनिबार १६:५४ बजे