सुर्खेत, तत्कालिन नेकपा (माओवादी) शाान्तिपूर्ण राजनितिमा आउने बेला हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं. ५ का लोकेन्द्र बहादुर शाही जनमुक्ति सेनाको रुपमा पार्टीमा कार्यरत थिए ।
२०५९ मा माओवादी राजनितिमा पूर्णकालिन भएका लोकेन्द्रले कालिकोटको पिलि, बर्दियाको रम्वारपुर, र गणेशपुर लगायत युद्ध मोर्चामा सहभागि भएको युद्ध अनुभव छ । २०६३ कार्तिक २२ गते तत्कालिन नेकपा (माोवादी) र नेपाल सरकार बीच भएको २५ बुदे ‘बृहत शान्ति सम्झौता’मा माओवादी जनमुक्ति सेनालाई व्यारेकमा राख्ने निर्णय अनुसार जनमुक्ति सेनाको रुपमा लोकेन्द्र सुर्खेत दशरतपुरको व्यारेमा बसे ।
माओवादी सेना र नेपाली सेना समायोजनको निम्ति मधेशताकर्ताको रुपमा खटिएको ‘युएन’ अनमिन प्रमारिकणमा लोकेन्द्र अयोग्य बनेर माओवादी जनमुक्ति सेनाको व्यारेकबाट निकालिए । उनै लोकेन्द्र अहिले पनि माओवादी राजनितिमा पूर्णकालिन रुपमा काम गरिरहेका छन् ।
लोकेन्द्र अयोग्य भएको दशक भन्दा बढि बितिसक्यो उनि आफुले रोजेको राजनिति पार्टीमा अहिले पनि प्रतिबद्ध देखिन्छन् भन्छन् ‘म माओवादी आन्दोलनमा लाग्ने बेला योग्य भएर गएको थिइन् एउटा सपना थियो आफ्नो बर्गको निम्ति तत्कालिन प्रतिक्रियाबादी सत्ताका बिरुद्ध माओवादी युद्धमा सहभागि भएर विद्रोह गर्न चाहन्थे त्यो मैले विद्रोह गरेको हु,।’
उनै अयोग्य लोकेन्द्र अहिले नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसील नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भए । ‘अनमिन प्रमारिकरणको बेला म अयोग्य भए पनि मैले आफुले रोजेको पार्टी मार्फत जनताको सेवा गर्न छाडेको छैन अहिले पार्टी र संगठनले मैले गरेको योगदान बुझेर होला मलाई वाइसीयल नेपालको केन्द्रीय समितिमा निर्वाचित गरेको छ म अब झन इमानदारीताका साथ काम गर्ने छु, ‘उनले भने,’ ‘हुम्लाका जनता र हुम्ली युवाहरुले भोग्नु परेको राजनिति विभेदका विरुद्ध म संगठनको बाध्यमबाट निरन्तर लड्ने छु,।’
स्मार्ट कर्णाली । १८ भाद्र २०७९, शनिबार १४:४६ बजे