माओवादी केन्द्रका जिल्ला भर पालिका कमिटीका बैठक र प्रशिक्षण सम्पन्न

आसन्न मंसिर ४ को संघ र प्रदेश निर्वाचनको तयारी गर्न नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्रले जिल्लाभर पालिका कमिटीका बैठक सम्पन्न गरेको छ । जिल्लाभर खाडाचक्र सान्नित्रिर्बेणी , सुभकालिका नरहरिनाथ लगाएतका पालिकामा प्रशिक्षसहित बैठक सम्पन्न गरिएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकका लागि नरहरिनाथका पार्टी केन्द्रीय सदस्य सान्नी त्रिबेणी गाउपालिकाकाे बिस्तारित बैठक रकु सेरिज्युलामा सम्पन्न भएको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा कालिकाेट बाट बाम लाेकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका साझा उम्मेदवार महेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा र माओवादी केन्द्रका प्रदेश ख का इन्चार्ज डम्मर शाही , गाउँपालिका पार्टी इन्चार्ज मिठ्ठु बम शाही सह-इन्चार्ज भरत ब बिक आकास , माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान ब भन्डारी , वाइसिएलका केन्द्रीय सचिव रमेश मल्ल युनाइटेट , पार्टीका वडा अध्यक्ष गाउकिमिटका पदाधिकारी र निर्वाचित वडा अध्यक्ष,वडा पार्टी अध्यक्ष र सान्नी त्रिबेणी गाउँपालिकाका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुकाे सहभागितामा सुरु भयकाे हो ।

बैठकमा वडा नं १ बाट रमेश जैसी , २ बाट वसन्त बुढा, ४ बाट दमननाथ योगी ,मुम्राबाट कृष्णखर उपाध्यय लागाएतले रिपोट राखेका छन । पालिका अध्यक्ष तथा माओवादी केन्द्रका गाउकमिटी अध्यक्ष महेश केसिको अध्यक्षयतामा बसेको बैठकमा रिपोट राख्नेअधिकांस प्रतिनिधिले पार्टीभित्रका अन्तरबिरोधहरूको समीक्षा गर्दै स्थानिय निर्वाचनदेखिको समस्या सामाधान गरेर आसन्न निर्वाचनमा लाग्न सुझाव दिएका छन ।

कालिकोटको माओवादीमा कार्यकर्ता भन्दा नेता सुधारिनु पर्ने भन्दै कालिकोटको स्थानिय तहमा पार्टीले जनप्रतनिधि सख्या बढाएको छ त्यसरी नै संघ र प्रदेशमा बिजय गराउनु पर्ने सुझाव दिएका छन । सान्नित्रिर्बेणीमा स्थानियतहमा पार्टी कमिटीमा बिग्रह आएको भन्दै समीक्षा गरि एकरूप्तामा ल्याउन सान्नित्रिर्बेणीमा महेन्द्र शाही आफै पुगेका थिए । शाहीले स्थानियतहमा बिभाजित दुबै पक्षेलाइ राखेर समीक्षा गरेका छन । समीक्षा पछि पार्टी कमिटी एक भएर जाने प्रतिबद्वता सहित बैठक सम्पन्न भएको छ