सुर्खेतमा जेठ १३ गते पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने

 

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।
नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरु पनि सुर्खेत आउने कार्यक्रम रहेको नागरिक अभिनन्दन मुल समारोह समितीले जनाएको छ । जेठ १३ गते दिउँसो २ बजेबाट वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मन्चमा नागरिक अभिनन्दन समारेह हुनेछ ।

आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै नागरिक अभिनन्दन मुल समारोह समितीका संयोजक मुकुन्दश्याम गिरीले सुर्खेतको विकासमा स्वर्गिय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकोले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘सुर्खेतको अहिलेको जुन अवस्था छ । यो अवस्था निमार्ण गर्नको लागि स्वर्गिय राजा वीरेन्द्रले २०२९ सालमा सुर्खेतमा पहिलो पटक सवारी भएर वीरेन्द्रनगरको एउटा खाका बनाउनुभएको थियो ।

त्यो खाका बनाउने क्रममा राजाका साथमा त्यतिखेरका अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमार धिरेन्द्र दुबै भाइहरु पनि बुलबुले भन्दा पूर्वपट्टिको खेतमा स्थापना गरिएको क्याम्पमा बसेर यसको उहाँहरले यसको खाका निमार्ण गर्ने क्रममा राजाका तीनैजना दाजुभाइहरुको योगदान देखेका थियौ । र यही महत्वपूर्ण योगदानका कारणले पनि सुर्खेतमा राजाको नागरिक अभिनन्दन गर्न लागिएको हो ।

यस्तै २०६२ सालमा राजा ज्ञानेन्द्र सुर्खेत आउँदा वीरेन्द्रनगरका तत्कालिन मेयर मुकुन्दश्याम गिरीले मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालयहरु नेपालगन्जबाट सुर्खेत सार्न, सुर्खेतको कालागाउँमा क्षेत्रीय अस्पताल र हालको प्रदेश अस्पतालको निमार्ण कार्य सुरु गर्न र तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको हिमाली जिल्लाका जडिबुटीहरु सुर्खेत ल्याएर भण्डारण र प्रसोधन गर्ने केन्द्र बनाउन गरेको अनुरोध राजाले काठमाडौं फर्किएको १० दिनमानै पुरा गरेको पनि संयोजक गिरीले बता