आठबिस नगरपालिका वार्ड नं. ७ दैलेख का भुपेन्द्रबहादुर कठायतलाई बचाउन सहयोगको अपील

आदरणीय दाजुभाई दिदीबहिनी मेरा शुभचिन्तक लगायत सम्पूर्ण देशबिदेशमा बस्नुहुने सम्पुर्ण महानुभवहरुहरु समक्ष म मेरो भाई अहिले जीवन र मरणको बिचमा संघर्ष गरिरहेकोले भाईको जीवन रक्षाको लागि आर्थिक सहयोगको लागि अपिल गर्न चाहान्छु आशा छ यहाँहरु सबैको सानो सहयोगले मेरो भाईको जीवन बच्ने छ।
म दिपक बहादुर कठायत मेरो घर दैलेख जिल्ला आठबिस नगरपालिका वार्ड नं. ७ अवस्थित अति बिकट ठाउँमा छ। मेरो बुवाको नाम बमबहादुर कठायत र आमाको नाम बेलकोशा कठायत हो। हामी तीन दाजुभाई छौ । मेरो परिवार अत्यन्तै गरिव परिवार अन्तर्गतमा पर्दछ । बुवाआमा कृषि पेशा गर्नुहुन्छ हामीसंग बर्षभरी खानलाई प्रयाप्त मात्रमा जग्गा जमिन छैन धौ धौ ४/५ महिना खान पुग्छ अरु बाँकी दिन खान जसो तसो बुवा आमा मजदुरी गरेर पनि हाम्रा लागि एक सरो लुगा र खान पुर्याउनु भएको छ भने अब आमाबुवा शारिरिक रुपले पनि दिनप्रदिन कमजोर हुँदै गएको अवस्थाले आमा बुवाहरुपनी हामीमा निर्भर हुने अवस्था आएको छ । जस्तो अवस्था आए पनि जसो तसो गरेर पनि हाम्रो परिवारमा खुशी नै थियो। तर अकास्मात भनौँ के भनौँ गत २०७८ असाढ २५ गतेका दिन हाम्रो परिवारमा नसोचेको एक किशिमको ठूलो प्रलय आएर खडा भयो हाम्रो परिवारको खुशीमा दुखले बासस्थान गर्यो ।
मेरो भाइ बर्ष १९को भुपेन्द्रबहादुर कठायतको मिति २०७८ असाढ२५ गतेका दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतको जुम्ला रोड एरिचोक नजदिक स्कुटी दुर्घटना परी टाउकोमा अनुहारमा हातमा र खुट्टामा गहिरो चोट लागि सख्त घाइते भयो उपचारको क्रममा काला गाउँ स्थित क्षेत्रीय अस्पतालमा उपचार हुन नसकिने भए पछि स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेकोले घाइते बिरामीलाई नेपालगन्ज मेडिकल कलेजको icuको बेड नम्बर २९७ उपचार भैरहेको छ । टाउको र मुखको अप्रेशन मिति २०७८ असाढ २६ गतेका दिन भएको थियो । टाउको र अनुहारको अप्रेसन सफल भएकोले हामी सम्पुर्ण घर परिवार भाइ अब छिटै सकुशल स्वस्थ हुन्छ भन्ने आश जागेको थियो ।
भाईको टाउको र अनुहाराको अप्रेशन नेपालगन्ज मेडिकल कलेज Dr.joshan Neupane तथा Dr. Sunil को टिमले गरेको थियो। हामीलाई मेडिकल कलेजका डक्टरहरुले बिरामी अब छिटै सकुशल हुने कुरामा बिस्वस्त गराएकोले अब भाइ छिटै ठिक हुने कुरामा हामी पनि सबै बिस्वस्त भएका थियौ । टाउको र अनुहारको सफल अप्रेशन पछि बिरामी होस आएकोले अब हात त खुट्टाको अप्रेशन गर्न सहज पनि भएको थियो र हात खुट्टाको पनि सहज रुपमा अप्रेशन भयो । आज भोलि भन्दा भन्दा आज १८ दिन बिति सक्यो भाईको स्वास्थ्य झन झन खराब बन्दै गैरहेको अवस्था छ पछिल्लो पटक फोक्सोमा थप समस्या आएको अवस्था छ। उपचार खर्च अहिले सम्म रु ८ लाख भन्दा बढी भै सक्यो। आजको दिन सम्म हामीलाई आफन्तजनहरुले रिणको रुपमा पनि पत्याय अहिले हर दिन २० देखि २५ हजार रुपियाँ उपचार खर्छ भैरहेको अवस्था छ यस भन्दा पछि केही बिकल्प नभएकोले म सबैमा मेरो कठिन अवस्था आएको छ म भाईलाई बचाउँन चाहान्छु त्यसैले हजुरहरु सबैमा नम्र निबेदन गर्दछु मलाई यति बेला भाइ बचाउँन हजुरको आर्थिक सहयोगको जरुरत छ त्यसैले म आर्थिक सहयोगको लागि अपिल गर्दै छु ।
आर्थिक सहयोगको लागि..
खाता नं. 08100600417945000001
bimal kaThaayat
mahalaxmi bikash bank surkhet
खाता नं.03100504200708
Padam bdr kathayat
everest bnk
सम्पर्क मोबाइल नम्बर..
दिपक बहादुर कठायत-9867964741
बिमल कठायत-9864934011