म एउटा पार्टीको नभई सिङ्गो पलाताबासिको अध्यक्ष हो: युवा नेता बम

कालिकोट।नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा पलातागाउपालिका अध्यक्ष लक्ष्मण बमले आफू पार्टीको मात्र नभई सिङ्गो पलाता बासिको अध्यक्ष भएको बताएका छन।सामुदायिक रेडियो पलाता आवाज सग बिहिवार साझ कुरा गर्दै अध्यक्ष बमले यस्तो बताएका हुन।

अध्यक्ष बमले आफू कुनै पार्टीको मात्र नभई सिङ्गो पलाताबासिको अध्यक्ष भएकाले पार्टीको कार्यक्रममा आएन किन आएन भनेर टिप्पणी नगर्न समेत अनुरोध गरेका छन।
अध्यक्ष बमले भने म पलातागाउपालिकाको अध्यक्षको हैसियतले मैले मेरो पार्टी भन्दा बढी यहाको जनताको समस्या दु:ख पिर मर्का लाई हेर्नुपर्छ।तर यसको मतलब मैले पार्टीलाई बिर्सेको चाहिँ होईन।पार्टीको आफनै बिचार छ आफनै सिद्धान्त छ पार्टीका हरेक निर्णयलाई म मान्छु। तर गा.पा अध्यक्षको हिसाबले अहिले पार्टी भन्दा यहाँका जनताको सेवामा खटिने समय हो।यश लाई अन्यथा नलिन आग्रह समेत गरेका छन।

अध्यक्ष बमले पलाताको बिकासका लागि आफू आफनो ज्यानको बाजि नै लगाएर लडनु परेपनि पछि नहट्ने बताएका छन।साथै पलातागाउपालिका लाई नमुना गाउपालिकाको रुपमा चिनाउनको लागि सम्पूर्ण पलाता बासिहरु सहयोगमा जुटन अनुरोध समेत गरेका छन।