सामाजिक विकास नै मुल मन्त्र हो -नगर प्रमुख लाल बहादुर महतारा

लालबहादुर महतारा छेडागाड नगरपालिकाको नगरप्रमुख पदमा रहि कार्य सम्पादन गरिरहनु भएको छ । २०२३ असोज १० गते स्व. वुवा काला महतारा र स्व. आमा पानमति महताराको कोखबाट साबिकको पजारु गविस ४, हालको छेडागाड नगरपालिका ९ जाजरकोटमा उहाँको जन्म भएको हो । २०४३ साल असार १० गते भरोसिला महतारासँग बैवाहिक सम्बन्धमा गाँसिएका प्रमूख महताराका २ छोरा २ छोरी सहित ६ जनाको परिवार छ ।

२०२८ सालमा श्री कालिका प्राथमिक विद्यालय सेरा खहरेबाट औपचारिक शिक्षा हाँसील गर्ने यात्रा सुरु गरेका प्रमूख महताराले स्नातक तह सम्मको औपचारिक शिक्षा हाँसील गर्नुभएको छ । गुणस्तरिय शिक्षाका लागि २०५८ साल देखि हाल सम्म निरन्तर भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको संञ्चालक समिति सदस्य, नेपाल रेडक्रस सोसाइटि आजीवन सदस्य, २०५४ सालमा गाउँ विकास समिति गा.बि.स अध्यक्ष , गाउँ विकास समिति राष्ट्रिय महासंघ जाजरकोटको अध्यक्ष, २०६० सालदेखि २०७४ साल सम्म सामुदायिक बन उपाभोतmा महासंघ जिल्ला समिति जाजरकोटको अध्यक्ष भई सामुदायिक वन क्षेत्र संरक्षरण तथा सम्बद्र्धनका लागि क्रियाशिल, २०६८ सालमा ग्रामिण समाज नेपालको सल्लाहकार भई सामाजिक सेवाको लामो अनुभव सम्हालेका प्रमूख महताराले सो अनुभव र बुझाईलाई स्थानिय निकायको विकास निर्माणमा उतार्ने गरेका छन् ।

अनुभवको डोको बोकेका प्रमूख नगरपालिकाको प्रमूख भइसके पछि स्थानीय तहका लागि आवश्यक ४० वटा कानुनहरु निर्माण, नगरका ३ वटा सामुदायिक विद्यालयमा उपयुक्त खेलमैदान निर्माण, वालवालिकाको विकासका लागि थप २६ वटा वालविकास केन्द्र स्थापना, २ वटा वर्थिङ्ग सेन्टर स्थापना, जोखिममा रहेका वालवालिकाहरुको शैक्षिक पहुँच बृद्धिका लागि नगरका प्रतिनिधिहरुको ३ महिनाको तलव–भत्ता कटौती गरी २२ लाखको वाल अक्षयकोष निर्माण, सामाजिक मूल्य मान्यताहरुको विकासका लागि पुरातात्विक सम्पदाहरुको संरक्षण, वडा नं. ५ को वडा कार्यालय भवन निर्माण, पूर्वाधार तयार गरी सुयाडा क्षेत्र र समालथान मालिका क्षेत्रलाई पर्यटकीय गन्तब्य क्षेत्र निर्धारण, विकट बस्तीमा बृहत खानेपानी आयोजना सम्पन्न, नगरका ११ वटा वडामा सडक विस्तार, झण्डै ११ वटा सामुदायिक विद्यालयका भवन निर्माण, सामुदायिक सिकाई केन्द्रको भवन निर्माण लगायतका महत्वपूर्ण कामहरु सम्पन्न भएका छन् भने आगामी दिनका लागि पनि योजना निर्माण गरि ति योजनाहरुको कार्यान्वयनका प्रक्रियामा प्रमूख महतारा लागिरहनु भएको छ ।

थलहबजार देखि पजारु, कुशे, नदाईडाव हुँदै जुम्ला जोड्ने मोटरबाटो निर्माण गर्ने, नगर रिङ्रोड निर्माण गर्ने, सबै सामुदायिक विद्यालयहरुका भवन निर्माण र व्यवस्थित गर्ने, सबै नागरिकलाई खानेपानीमा सहजता ल्याउनको लागि बृहत खानेपानी योजना सम्पन्न गर्ने लगायतका नगरलाई नमूना विकास भएको देखाउने खालका योजनाहरु कार्यान्जय गर्ने र गराउने अभियानमा लागिरहनु भएको छ नगरप्रमूख महतारा । समृद्ध छेडागाड नै हाम्रो भविश्य भन्ने मुल मन्त्र बनाएका प्रमूख महताराको जीवनका लागि २०६२÷०६३ सालको जनआन्दोलनको सफलता नै अविश्मरणीय क्षण बनेको छ । सामाजिक विकासको महान उद्येष्य सहित राजनीतिमा समर्पीत प्रमूख महतारा अध्ययनमा रुचि राख्नु हुन्छ, चिनको भ्रमण गरेका प्रमूखले रक्तदान भने हाल सम्म गर्नुभएको छैन ।
राजनितिक यात्रा
२०४१ सालमा त्रिभुवन मा.बि खलङ्गामा भएको स्वबियुको निर्बाचन देखि अनेरास्वबियु एकताको पाचौ पक्षधर भएर राजनीतिक यात्राको शुरुवात,२०४४ साल साउन देखि २०५३ साल चैत्र सम्म शिक्षण पेषामा आबद्ध, २०४६ सालमा बहुदल आइसकेपछि जाजरकोट जिल्लामा तत्कालिन नेकपा मालेको गठन पछि पार्टीको संस्थापक सदस्य,२०४७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको सहसचिव, २०५३ चैत्र २३ गते शिक्षण पेसाबाट राजिनामा,२०५४ सालमा भएको स्थानिय निकायको निर्बाचनमा पजारु गाबिस अध्यक्षमा निर्बाचित,२०५६ सालमा तत्कालिन नेकपा एमालेको जिल्ला पार्टी उपसचिव, २०५७ साल देखि २०६२ सम्म नेकपा एमाले जिल्ला कमिटि सचिव,२०६२ सालदेखि नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य,२०६२ सालमा नेकपा एमाले भेरी अञ्चल समन्वय कमिटि सदस्य,२०७० सालमा भएको नेकपा एमालेको नवौं राष्ट्रिय महादिबेसन प्रतिनिधि,२०७१ सालमा नेकपा एमाले केन्द्रिय स्कुल बिभाग सदस्य, २०७३ सालमा नेकपा एमाले छ नं. प्रदेश कमिटि सदस्य,२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको नगर प्रमुखमा निर्वाचित,२०७५ सालमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटि सदस्य ।

                                                                                                                                                                       सफलताको बाटो ।।