दारी ग्याङ्ग सुर्खेत द्वारा प्रहरीलाइ कोरोना बाट बच्न मास्क र पन्जा बितरण

दारी ग्याङ्ग सुर्खेत ले कोरोना सङ्क्रमणबाट जोगिन सुब्बाकुना प्रहरी चौकी र बाङ्गेसिमल प्रहरी चौकी लाइ पन्जा मास्क ड्रम हात धुने साबुन बितरण गरेको छ।आइतबार दारी ग्याङ्ग का सदस्य हरु सुर्खेत का दुइवटा प्रहरी चौकी मा गयर कोरोना बाट सुरक्षित रहन प्रहरी लाइ सुरक्षा का सामाग्री बितरण गरेका हुन। बिस्वभरी निकै तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस नेपाल मा पनि ५ जना लाइ देखा परिसकेको छ। यतिबेला देशभरी लकडाउन कायमै छ र नेपाल प्रहरी पनि रात दिन सडक मा खटिरहेको बेला नेपाल प्रहरी लाइ दारी ग्याङ्ग ले सामाग्री बितरण गरेको हो।उक्त ग्याङ्ग ले सुब्बाकुना प्रहरी चौकी र बाङ्गेसिमल प्रहरी चौकी लाइ १०० थान पन्जा ५० थान मास्क १ वटा ड्रम र ३ थान हात धुने साबुन बितरण गरेको छ । त्यस्तै सरकार ले लकडाउन सम्पुर्ण नेपाली जनता को लागी गरेको र सबै ले सरकार को निर्णय को पालना गर्न समेत उक्त ग्याङ्ग का सचिब दिपक पोखरेल ले जानकारी दिय।