स्वास्थ्य सुरक्षामा पहुज पुर्याउन प्रत्यक संस्थामा ईन्टरनेट सेवा सुरु गर्यो -अध्यक्ष बम

पलाँता गाउँपालिकाले दुनियाँ प्रबिधि सँग जोडिए सँगै पलाँताले पनि एक पछि अर्को गर्दै ईन्टरनेट को पहुजमा पालिकालाई अघि सार्ने प्रयत्न गरिरहेको छ । यसै सिलसिलामा रिपोटिङ गर्दा छिटो छरितो र दैनिक रुपमा पालिकामा रिपोर्टिङ गरेर नागरिकलाई स्वास्थ्य सुरक्षामा पहुज पुर्याउन प्रत्यक संस्थामा ईन्टरनेट सहित ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ ।

यस्तै सम्पूर्ण स्वास्थ्यकर्मी को प्रत्यक घन्टाको गतिविधि अपडेटका लागि सप्ट्वयर निर्माण मा जुटेको छ पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयो । अध्यक्ष बमका अनुसार प्रबिधि लाइ आज एक कार्यक्रमका बिच सम्पूर्ण स्वास्थ्य सस्थाका ईन्चार्जहरुको उपस्थितिमा मा हस्तान्तरण गरिएको बताउनु भयो । यस अघि सिटामोल र मेट्रो सम्म नपाएर जिल्ला धाउने गरेका पलाँती बासिलाई घरमै चिकित्सक बाट सेवा दिने गरेको र दैनिक स्वास्थ्यकर्मी सँगको भेटका लागि देशकै दुर्गम गापालिकाले १५ सैया हस्पिटल सँगै प्रत्यक वडाबाट स्वास्थ्य सेवा सुरु गरेको थियो ।।