रास्कोट अस्पताल विवाद मिलाउन कार्यपालिका बैठक बस्दै ।।

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले रास्कोटमा १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का राजनितिक पुर्वागराइले गर्दा रोकिएको छ । राष्कोटमा स्थानीय नागरिकले चन्दा उठाएर भरखरै निमार्णकार्य सम्पन्न भएको रास्कोट सामुदायिक अस्पताल गौतुकोटलाई स्थानिय सरकारको माताहातमा रहने गरि हस्तानत्रण गरेपछि नगरले उक्तm अस्पतालाइ थप स्तरबृद्धी गदै लैजाने र नगरपालिकाले १५ सैयाको अस्पताल राष्कोट नगरपालिका वडा नं.५ मा निमार्ण गर्ने योजनाका साथ ठेक्का आवान गरेको थियो ।

नगरपालिकाले ठेक्का खोल्ने दिन काठमाडौमा बस्ने नेताले राजनितिक पुर्वागराइका अधारमा संघिय सरकारको स्वास्थ्य मन्त्रालयमा निवेदन दिएपछि उक्त निवेदनलाई मन्त्रालयले सदर गदै ठेक्का रोक्न पत्र पठाएको हो । राष्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिहं बमले स्वास्थ्य मन्त्रालयको पत्रलाई आधार वनाएर ठेक्का नखोलेका बताएका छन्

राष्कोटका नागरिकले १५ सैया अस्पताल निमार्णका लागि गरेको ठेक्का तत्काल खोल्नुपर्छ र अस्पताल निमार्ण ग्रनुपर्छ, भरखरै निमार्ण सम्पन्न अस्पताल गौतुकोटलाई पनि स्तरबृदि गदै लैजानुपर्छ भन्दै नगरमा ताल लगाएको छ । भोलि नगरपालिकामा कार्य पालिकाको बैठक बोलाइएको र यस्को बारेमा कार्य पालिकाले निर्णय गर्ने एक कर्मचारीले बताए ।।