एसियन कप फुटबलमा जापान, कतार र उज्वेकिस्तान विजयी

Japan v Turkmenistan during their AFC Asian Cup UAE 2019 group F match at Al Nahyan Stadium on 09 January 2019, in Abu Dhabi, UAE. Photo by Stringer / Lagardere Sports

काठमाडौं,२६ पुस । जापानले युएईमा जारी एसियन कप फुटबलमा विजयी सुरुवात गरेको छ ।एसियन पावर हाउस जापानले गएराती भएको खेलमा तुर्कमिनिस्तानलाई ३–२ ले हरायो ।गएराती भएको अर्को खेलमा उज्वेकिस्तानले ओमनालाई २–१ ले पराजित गर्दा कतारले लेबननमाथि २–० को जित निकाल्यो ।

एसियन कप फुटबलमा आज तिन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पोने ५ वजे बहराईन र थाईल्याण्ड भिड्दा सवा ७ वजे जोर्डन र सिरिया तथा राती पौने १० वजे भारत र आयोजक युएई भिड्नेछन् ।

पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराउँदै सनसनी मच्चाएको भारत आज लगातार दोस्रो जितको खोजिमा छ ।एजेन्सीको हसयोगमा