काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा व्यापक परिवर्तन गर्ने बताएका छन् । मङ्गलबार बालुवाटारमा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्रनै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गरे ।
‘शिक्षाको क्षेत्रमा नीजि क्षेत्रलाई भाग्ने बनाउँछौ । सरकारी शिक्षाको स्तरवृद्धि व्यापक बनाउछौं । शैक्षिकस्तर माथि उठाउने सरकारको लक्ष्य छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।
नीजि शैक्षिक संस्था बराबर सामुदायिक विद्यालयको शैक्षिकस्तर हुने भएपछि कसैले पैसा खेर फाल्न नपर्ने प्रधानमन्त्री ओलीले बताए ।
‘बैंकको जस्तो प्रभुको मर्जी स्कुललाई बनाउने छैनौ । यसलाई हटाउन सरकार गम्भिर छ । सम्बृद्ध नेपाल सुखी नेपाली अध्यारोमा फालिएको ढुङ्गा होइन । हामीलाई देश विकास गर्नुछ’ प्रम ओलीको भनाई थियो । रातोपाटि बाट सभार
स्मार्ट कर्णाली । १ माघ २०७५, मंगलवार २०:२९ बजे