पार्टीले टिकट दीए,नोट र भोट दुइटै माग्छु-सभापति शाही

नेपाली कांग्रेस प्रदेश (ख) कालिकोटका सभापति आनन्द शाहीले पार्टीले स्थानीय तहको निर्बाचनमा टिकट दीए राष्कोटी जनतासंग नोट र भोट दुइटै मागेर बिजयी हुने बताउनु भएको छ।
हाम्रो यश अनलाइन संग कुरा गर्दै नेता शाहीले चुनाबमा पैसा बाडेर अभाबग्रस्त जनतालाई नुन,तेल र चामलजस्ता दैनिकी आबश्यकतालाई प्रभोलित पारेर बिबसताको बल्याकमेलिङ गर्नेहरुबाट जनतालाई सजग गराउने बताए।

आफू चुनाबमा होमिदा जनताको घरदैलोमा पुगेर १ रुपियाँ भएपनि जनतासंग मागेर नोट र भोट दुबै जनताले लिदा नेतामा आत्मबिश्वास बढ्नुका साथै जनताकै लगानीबाट चुनाब जित्दा जनता र समाजप्रति बफादार रहने हौसला प्राप्ति हुने बताउएका छन्।

भ्रष्टाचार गरेर अकुत पैसा जम्मा गरेका र पैसाकैबलमा चुनाब जित्न तम्तयार पार्टीका नेताहरुले पैसाको खोलै बगाएर जितेभने अप्रत्यक्ष रुपमा जनताबाट ब्याज सहित असुल्ने भएकाले जनतालाई पैसाको प्रलोभनमा नफस्न र रास्कोटको बिकासको सपना बोक्न रास्कोटबासिलाई आग्रह समेत गरेका छन्।भ्रष्टाचार तथा बेथितिजन्य कार्यका बिरुद्ध आफ्नो कार्यसमितिबाट निर्णय गराएर अभियान रुपमा नेपाली कांग्रेस पार्टी लाई उभ्याएको बताउने शाहीले अबको चुनाबमा भ्रष्टाचार गर्ने नेताले कांग्रेसमा टिकट नपाउने र कांग्रेस पार्टी बिजयी भएको खण्डमा जनचाहना बमोजिमको बिकाश कांग्रेसले आफ्नै इस्टाइलमा गर्नेपनि बताएका छन्।