अबुझहरुले भाइरल बनाएको पलाँतको राजनीति ।

खासमा भन्नेहो भने पलाँता गाउँपालिका मा राजनीति गर्ने ब्यक्तिको बिकास नै भएको छैन । अन्तर्राष्ट्रिय जगतमा हेर्ने हो भने राजनीति गर्ने ब्याक्ती शिक्षा र आर्थिक स्थितिले भरिपुर्ण भएपछि मात्र राजनीति तिर लाग्छन् । कि उसको नजमत र उसको इमानदारिता शिक्षा र काम गर्ने क्षमताको बिकास हेरेर मात्र राजनीति अथवा नेतृत्व चुन्ने अबसर दिन्छन् । त्यसो त हाम्रो देसमा छदै छैन । हामी नेपाली हरुको बानी, दुई चार जनालाई सहयोग गर्यो भने उ राजनीति गर्ने पात्र भैहाल्छ । अलि बोल्न जान्यो, राम्रो लेख्यो, नेता चिन्यो, भने राजनीति गर्ने पात्र भैहाल्छ । यो सम्मकी जाँड रक्सी खाएर हल्ला गर्यो दुई चार जनालाई दारु खुवायो, दुई चार दाजुभाइ बलिया भए, गाउँमा ठूलो डाको गर्दै हिड्ने हो भनेपनी त्यो राजनीति गर्ने पात्र हो भन्ने ठानिहाल्छन । कति मानसिक रुपमा गयगुज्रेका छौ । यति संबेदनसिल राष्ट्र र रास्ट्रयता प्रती फेसबुकमा बकवास गरेर समय बर्बाद गर्छौ । हामी कुनै कुरामा सक्षम हुदैनौँ तर पनि सरकारले बेरोजगार बनायो भनेर गाली गरिरहेका हुन्छौं । पढ्ने बेला बरालिएर हिड्छौँ, शिक्षा दिने गुरुलाई नमस्कार गर्न छोडेर, के छ सर भनेर हात मिलाउछौँ । शिक्षकलाई टेर्दैनौँ, गाउँबाट बा(आमाले पठाएको पैसा कपाल रंग्याउदै, स्टाइल पार्दै केटि घुमाउदै बा(आमाको पसिना मेहनत र माया बिर्सन्छौ । संस्कार,परम्परा ,आफ्नो मौलिकता, सभ्यता बिर्सेर बिदेसी फेसन गर्छौ, गाउँमा बाझोँ पाखो बनाएर हलो जोत्न छोडेर बिदेशिन्छौ । सरकारले ल्याएका नीति नियमको उल्लंघन गर्दै ह्या यस्ता सरकार कति आए गए भन्दै आफ्नो देसको सरकार लाई गिज्याईरहेका हुन्छौं । अनि कसरी बन्छहाम्रो टोल,छरछिमेक, गाउँ ,सहर र देस । यो कुरा मैले किन लेखिरहेको छु भने हामी सिस्टममा चल्न सकेनौं, सिस्टम लाई बुझ्न सकेनौं ,अतस्शिक्षा को कमि भएको महसुस भयो । यो समम्कि हाम्रा बा(आमाको माया र पसिना लाई बुझ्न सकिएन त्यसैले आज हाम्रो मानसिकता ले हामिलाई बेरोजगार बनाइरहेको छ । मलाई लाग्छ हामी बेरोजगार छैनौं र होइनौं पनि । यदि साच्चै बेरोजगार भए किन हामिलाई बिहान बेलुका खान, लगाउन, र बेकार का फेसबुकमा गफ लेख्न यो पैसा कहाँ बाट आयो । महिना को पाँच हजार तलब भयो भने स्वरोजगार भयौ तर महिनामा दस हजार कमाउने क्षमता हुदाहुदै पनि कसरी बेरोजगार भयौँ एकपटक सोच्नुस त । बेरोजगार हाम्रो मानसिकता कि साच्चै हामी बेरोजगार रु अझ त एक सामान्य स्थानीय तह वा पलाँताको खिल्ली उडाईरहेका छौं । यो खिल्ली उडाउनु भनेको त्यहाँ सहि नेतृत्वको बिकास भएको छैन, जनताहरु अलि अबुझ रहेछन् , माथिल्लो तह सम्म कर्मचारी कम रहेछन् , सल्लाह दिने भन्दा उच्केउने धेरै रहेछन् , बाहिर बाट सल्लाहदिए पनि अहम् धेरै रहेछ ,९अहम् धेरै हुनु भनेको अरुको कुरा भन्दा पनि स्यंम आफ्नै भबिस्य नबुझेको ० नेताको नाममा ठेकेदार, उपभोक्ता कमिसन खोर, दलाल र पेट र परिवार मात्र कसरी पाल्ने भन्ने मात्र चासो रहेछ भन्ने प्रष्ट बुझिन्छ ।
रह्यो पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमको को कुरा ,, लक्ष्मण बम भन्ने मान्छे भगवान होइन पनि उ मान्छे हो उसलाई यति धेरै चर्चामा लिन पनि आबस्यक ठान्दिन म यदि चर्चा कै कुरा गर्ने हो भने देस बेच्ने बिपि,मातृका,गिरिजा माधव, र नव प्रधानमन्त्री केपि वलि लाई बिरोध गरौं न त । दुई तिहाईको सरकार भएर पनि सिमा बारे चुइक्क कदम नचाल्ने, एक लाख नेपाली सेना लाई नोकर बनार राख्ने तर सिमा सुरक्षा बारे मौन रहने सरकारको खोइरो गरौं त । लक्ष्मण ले पलाँता बेच्या पनि छैन , पार्टी लाई नमान्या पनि छैन, जनता जनगुनाशा नसुन्या पनि छैन , कालिकोट का अरु स्थानीय तह भन्दा बिकास भएकै छ । पत्यार लाग्दैन भने कालिकोट का माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही,दुर्ग रावत,जीवन बुढा,कुर्मराज शाही , लगाएता नेता लिएर परिक्षण पनि गरौं । हैन भने जनयुद्ध को दस्ता र योद्धा हुँ भन्ने माओवादी नाम लाई सुन्न नरुचाउने भाग्ने भगौडा कायर हरुले लक्ष्मण ले आर्थिक हिनामिना गर्यो भनेर जिल्ला र प्रदेश धाउने काम गर्न अझै बाधा बनाउने , लक्ष्मण लाई गिराउन लाग्ने पलाँता लाई अझै पलाँता नै बनाउन खोज्ने तिम्रो यो दुस्साहस र हर्कत कदापि सफल हुदैन । बरु भनौ न यार कमरेड हरु तिमी सत्तामा गएर अलि पैसा आउदो रहेछ तिम्रो चहकमक धेरै देखियो । हामी त्यही स्थान बाट माथी उठन गार्‍हो भयो, हिजो हामी स्थानीय निर्वाचन मा संगै साथ दिएका अलि माथी कसरी उठ्न सकिन्छ त्यही ब्यवस्था मिलाईदिन पर्यो । कृषि फार्म खोलौँ, तरकारी खेती गरौं , पानीको समस्या छ पलाँतामा त्यसको उपभोक्ता बनाइदिन पर्यो भनेर भन्न किन सकिँदैन । ल मानौ लक्ष्मण बम ले आर्थिक हिनामिना गनुभयो । आर्थिक हिनामिना गरेको पार्टी ले समाउछ कि अख्तियर अनुसन्धान आयोग ले । कि कम्युनिस्ट पार्टी भित्र अहिले त्यस्तो विधि बिधान बअनाएको छ रु यदि बनाएको छ भने फोकटमा कर्मचारी किन पाल्ने । त्यो कर्मचारी पाल्ने पैसा ले देसलाई पर्यटन र कृषि ब्यवसाय तिर लैजाउँ । अनावश्यक यत्रो ऋणको भार किन धेग्ने देसले । अख्तियार अनुसन्धान आयोगका कार्यलय ल्न्इरक्ष्ल्न्इ लाई कार्यालय बनाउँ कमसेकम पैसा त आउँछ , काङ्ग्रेस का नेताले देसका कलकारखाना ,उद्योग ,हरु बेच्दा अहिलेसम्म राष्ट्रबादी हुं भनेर भोट मागिरहेकै छन, हामी कम्युनिस्ट पनि त्यही बेच्ने काम गरौं न । अझ राष्ट्रबादी स्थापित भैहालिन्छ कि । हैन भने कुरा र बिचार कम्युनिस्ट भन्ने त्यही लम्पसारदाद मै अस्थित्व टुङ्गियो भने किन समाजवाद र चिनका कुरा गर्ने रु नेहरु हरुले राणालाई र देशलाई खाए, गान्धी हरुले नेपाल लाई आफ्नो हुकुम चलाउन आफ्नो सहजीकरण का लागि काङ्ग्रेस पार्टी खोले , मोदि ले नेपालका हामी कम्युनिस्ट लाई धोती मा लपेटेकै छन् । दुई तिहाइ सरकार भनेर के गर्नु , सिमा मिचिएकै छ , देस, ऋणमा डुबेकै छ । के कुरा गर्नु ।

र अन्त्यमा , नेपाल कम्युनिस्ट पार्टी कालिकोट लाई मेरा प्रश्न सुझाव ३प्रश्न

१ पार्टी निर्माणको बेला जिल्ला मै पलाँता को गाउँकमिटी किन गठन गरियो ।
२ गाउँ कमिटी गठन गरेर पलाँताका जनता लाई भेला नगरी थिर्पु मै स्कुल को कोठाभित्र आफ्नै ढंगले किन सदस्य लाई मात्र भेला गरि सपथ खुवाईयो ।
३ पलाँता गाउँ पालिका अध्यक्ष ले फरक मत राख्दाराख्दै पनि समस्या लाई सामान्य ठानेर किन त्यहाँबाट हिडियो ।
३  फरक मत राख्दाराख्दै, समस्या छ भनेर बुझ्दाबुझ्दै पनि सामान्य गाउँ कमिटिमा केन्द्रियता लाद्न निर्देशन दिने को रु मुख्यमन्त्री तथा कालिकोट का इन्चार्ज महेन्द्र बहादुर शाही रु वा आफ्नै मनोमानी ढंगले जिल्ला अध्यक्ष र सचिव रु
४ राष्कोट मा ६ दिन सम्म छलफल चलाएर गाउँ कमिटी गठन गरेर सपथ खुवाइने तर पलाँतामा जिल्ला बाट गएकै दिन छलफल नचलाई सफथ खुवाउन पर्ने किन रु कि पलाँता लाई अझै पलाँता बनाउने बिचार छ , साथीहरू को रु
५ समस्या मुख्यमन्त्रालय आएर हैन जनता कहाँ गएर वास्तविक बुझ्न जिल्ला अध्यक्ष र सचीव जनताजाने कि नजाने रु

सुझाव
१ कम्युनिस्ट मा केन्द्रीयता लागू हुन्छ तर त्यो केन्द्रीयता जनता लाई कि बुझाउनुपर्छ कि लामो समय छलफल बाट समाधान निकाल्नुपर्छ । त्यो जताततै कम देखियो यसलाई मनन गरौं ।
२ हाम्रो जस्तो अशिक्षित देसमा बामपंथी र दक्षिणपन्थी को भुमिका के त्यो राम्रोसँग अध्ययन गर्न जरुरी छ ।
३ जनयुद्ध गरेर मान्छेको मानसिकता मा अझै जनयुद्ध छ त्यसलाई बिस्तारै स्थानान्तरण गरेर साम्यवाद भनेको केहो त्यो जनता लाई अनुभुती गराउन तिर लागौं ।
४ अर्को पार्टी बाट आएको जोकोही लाई कम्तीमा २ बर्ष निगरानी मा राखेर मात्र पार्टी सदस्य दिलाउँ ।
५ सुनेको भरमा इमानदार नेताकार्यकर्ता लाई कार्बाही को दायरा मा नलैजाउँ ताकी बास्तबिकता जनता कहाँ गएर, बउझेर मात्र कार्बाही थालौँ
६ कम्युनिस्ट पतन को मुख्य आधार भनेकै नाताबाद,कृपाबाद झुटो आश्वासन र जनचाहना लाई नबुझ्नु हो यसलाई आत्मसात गरौं ।