तरकारी बाली सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न

कर्मा ग्रुप र शितल एग्रोभेट ट्रेडिङ्ग सेन्टर सुर्खेत को सयुक्त आयोजना मा तरकारी बाली सम्बन्धी एक दिने छलफल कार्यक्रम सुर्खेत को बिरेन्द्रनगर मा सम्पन्न भयको छ ।

युबा हरु लाई कृषि क्षेत्र मा प्रोत्साहन गर्न र कम लगानी मा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरा मा छलफल भयको हो कर्मा ग्रुप का निर्देशक डा सुचित श्रेष्ठ ले कार्यक्रम मा कर्मा ग्रुप ले कृशक हरु लाई आफ्नो ग्रुप ले सहयोग गरेको बताउनु भयो एसै गरि विभिन्न खाल का बीउ बिजन बिदेश बाट ल्याएर परिक्षण गरि नेपाली कृषक हरु सामु पुराउनु यो ग्रुप को उद्देश्य रहेको छ।।

उक्त कार्यक्रम मा शितल एग्रोभेट सेन्टर का सन्चालक डिल्ली प्रसाद पाण्डे ले कर्णाली प्रदेश का विभिन्न ठाउँ हरु मा सन्चालन भयका कृषि फर्म र कृषक हरु लाई विभिन्न जातजातिका तरकारी फलफुल का बीउ बिजन हरु तथा विभिन्न किसिम का किटनाशक औषधि हरु आबश्यक भयको ठाउँ मा उपलब्ध गराउने बताउनु भयो।कर्मा ग्रुप अफ कम्पनी वागवानी सेक्टर अनुसन्धान तथा बिकास प्रबन्धक जानुका दाहाल ले कर्णाली प्रदेश का अन्य ग्रामीण क्षेत्र मा पनि कार्यक्रम गरि कृषक हरु लाई आत्मनिर्भर तथा कम लगानी मा धेरै उत्पादन गर्न सकिने बिसय मा पनि जानकारी गराउने बताउनु भयो।
कर्णाली प्रदेश का मार्केटिङ्ग अफिसर इन्द्रजित सुनार ले यो कार्यक्रम बाट प्रत्यक्ष रुप मा कृषक हरु लाइ र स्थानियका तह का कृषि कार्यक्रम मा पनि फाइदा पुग्ने बताउनु भयो।