पलाँता गाउँपालिकामा बिपद् ब्याबस्थापन समिति को बैठक संमपन्न सबैलाइ स‌जक रहन अध्यक्ष बमकाे आग्रह

सुमन कुमार बम
रेडियो पलाँता एफ एम;
पलाँता गाउँ पालिकाको बिपद् ब्याबस्थापन समिति को बैठक आज पलाँता गाउँ पालिकाको वडा न २ राडुनेटामा संमपन्न भयको छ । बिपद् ब्याबस्थापन समितिका संगयोजक तथा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती काँन्छा को सभाअध्यक्ष्ता र उपाध्यक्ष दाना न्यौपाने वडा न २ का वडा अध्यक्ष बिरि बिश्वकर्मा वडा न ४ का वडा अध्यक्ष एैनराज महतारा वडा न ९ का वडा अध्यक्ष टक्क बहादुर बम राजकुमार को उपस्थिति मा बैठक संमपन्न भयको छ । विश्व ब्यापी रुपमा फैलियको कोभिड १९ कोरोना भाईरस नेपालमा पनि देखा परेकाले पलाँता गाउँ पालिका ले पनि सजक रहन र आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने मुल नारालाई आत्मसाथ गर्दै पलाँता बिपद् ब्याबस्थापन समितिले केही आज निणर्य सार्बजनिक गरेको छ । कोभिड कोरोना भाईरस समबन्धि सचेतना सहित माक्स , साबुन बितरण गरेको छ ।

बैठक मा बोल्दै गाउँ पालिका अध्यक्ष तथा बिपद् ब्याबस्थापनका संगयोजक बम ले यति बेला विश्व कोरोना बाट ग्रहसित भैईरहेका बेला पलाँता गाउँ पालिका मा कोहि कसैलाई कोरोना भाईरस ले दुख न देवस र यदि कोहि कसैलाई यो समस्या ले सतायमा पलाँता सरकार ले गर्न सक्ने सबै खाले सहयोग को तयारी पूरा गरेको बताउनु भयो रोजगार र व्यापार को सिलशिलामा छिमेकि देश भातर बाट भित्रीयका आमा बुबा दाजु भाइ ले केही दिन घर भन्दा छुट्टै बस्न र आफ्नो स्वास्थ्य अबस्थामा राम्रोसँग चेक जाँच गर्न आग्रह गर्नु भयको छ साथै एक गाउँ एक घर स्वास्थ्य कर्मि र एक टोल एक बिकाश निर्माण कार्यदल खट्ने र आबश्यक सामाग्री को ब्याबस्थापन गर्ने निणर्य गरेको छ स्वास्थ्यकर्मी को सुझाब सल्लाह लाई मध्यनजर गर्दै आफु पनि बचौ अरु लाई पनि बचाई सभ्य नागरिक को पहिचान दिन अध्यक्ष बम ले आग्रह गर्नु भयको छ