सन्तोषी शाही ठकुरी
सुर्खेत,कुनैपनि विस्वास वा सिदान्तको लागि जानी जानी आहुति दिने ब्यक्तीहरु सहिदको परिभाषामा पर्दछन् । अर्थात, देशको काल परिस्थिति र जनताको लागि हासि हासी जिवब बलिदान दिनेलाई सहिद मान्न सकिन्छ् । तर, पछिल्लो समयमा कुनै मापदण्ड बिना नै भकाभक सहिद घोषणा गरियो । भिडमा रमिता हेर्दा प्रहरीको गोलिबाट मरेका ब्यक्तिहरु पनि सहिद घोषणा भए ।
उनिहरुलाई कर्तव्य परायण विर मान्न सकिन्थ्यो तर सहिदको संज्ञा किमार्थ उचित थिएन्। तर राजनीतिक भागबन्डामा सबै सहिदको कोटामा परेका छन् । यसरी राज्यले कुनै मापदण्ड नवनाई कुनै समुह्को आन्दोलनको बलमा सहिद बनाउन दवाब दिएको भरमा सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको छ । राज्यको संचालन विधि र विवेकबाट नभैइ सनक र तजबीजमा आधारीत भएका यस्ता गैर जिमेवार कामले देखाएको छ ।
आगामी दिनमा वास्तविक सहिदको अपमान हुनेगरी कुनै निर्णय गरिनुहुदैन । ईतिहासमा राणा शासनको अन्त्यमा जीवनको आहुति दिने सहिदहरु भने नेपाली सबैका साझा सहिदको रुपमा रहेका छन् । विगतमा सहिदको साच्चिकै सम्मान हुन्थ्यो र तिनका सामु सबै हामी नेपाली नतमस्तक हुन्थ्यौ। तर, २०६३ पछि घोषणा गरिएका सहिदको सुचिमा भएका नामहरु भने साझा र सबैको सम्मानका पात्र हुन सकेका छैनन् । कारण सबै सहिदहरु योगदानका आधारमा नभैइ राजनीतिक भागबन्डामा सह्द घोषणा गर्दा सच्चा सहिदहरुको घोर अपमान भएको छ २०६२ र ०६३ को आन्दोलन पछि सहिद शब्द निकै सस्तो देखिन थाल्यो ।
राणाहरुको जहानियाँ हुकुमी शासन विरुद आवाज बुलन्द गर्ने मध्ये ४ जनालाई वि.स. १९९७ सालमा मृत्युदण्ड दिई मारियो। २००७ सालको क्रान्तिले कालो राणा शासनको अन्त्य गरेको थियो।ति मात्र सहिद हुन ( धर्मभक्त्त माथेमा, गंगालाल श्रेष्ठ , दशरथचन्द ठाकुर, शुक्रराज शास्त्री ईतिहासका सच्चा सहिदको रुपमा स्थापित रहेका सहिदक रुपमा मानिएका छन् । तर माओबादी शसस्त्र विद्रोहमा र त्यसपछिका आन्दोलनमा मृत्यु भएका वा मारिएका सबै सहिदमा थपिए । सरकारले शसस्त्र विद्रोहमा मारिएका झण्डै २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई पनि सहिद घोषणा गर्यो । त्यसका साथै माओबादी लडाकु लगायत सबैलाई सहिद घोषणा गरियो ।
यतिमात्र हैन राजनीतिक दवाव सिर्जना गरेर दलगत रुपमा पनि सहिद घोषणा गर्ने राज्यको सुविधा लिने सम्मका कार्यहरुले वास्तविक सहिदहरुको घोर अपमान भएको छ् । विगतमा सम्पन्न बिभिन्न आन्दोलनका कारण नेपाल तथा राज्य ब्यबस्थामा पर्दापण भएको छ् । एकिकृत राज्य प्रणालीबाट संघिय राज्य प्रणालीमा मुलुक संचालीत रहेको छ् ।
आफ्ना ईतिहासिक पहिचान र अधिकारको लागि जनताले अस्तित्वको लडाँई लडेका थिए। यसै सन्दर्भमा २०७२ साल साउन २१ गते देशका ६ वटा प्रदेश बन्ने खाका बनिसकेपछि कर्णाली प्रदेश कसैसंग गाभिने वा मिसिने भुगोल थिएन, कर्णाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको आफ्नै पहिचान र ईतिहास छ भन्ने उद्देश्यका साथ यस क्षेत्रका राजनीतिक दल , नागरिक समाज, उधोगी ब्यबसाय लगायत सम्पुर्णको सहभागिताबाट छुटै कर्णाली प्रदेशको अस्तित्वको लागी आन्दोलन गर्ने घोषणा गरियो। मुख्यगरी सिङ्गो लत्कालिन मध्य( पश्चिम भेरी अंचलको बर्दिया र बाकेलाई छुट्टायर बाकि जिल्ला र कर्णालीका ५ वटा जिल्ला र सुदुरपश्चिमलाई मिलाएर एउटै प्रदेश बनाउने केन्द्रित निर्णय भएपछि यो अव्याबहारीक सिंमाकनको विरुदमा सुर्खेतबासि अर्थात कर्णालीबासि जनता आन्दोलित हुनुपर्ने स्थिति सिर्जना भयो। छुट्टै पहिचान र ईतिहास बोकेको कर्णाली प्रदेश कायम हुनुपर्छ भनेर भएको आन्दोलनका क्रममा ( टिकाराम गौतम, यम बहादुर बिसी, गोपाल सिं रजकार, हरि बहादुर कुवर समेत प्रहरीको गोलिबाट मारिएका थिए । यहि आन्दोलन र विर सहिदहरुको बलिदानिबाट भदौ ४ गते प्रदेश नं.६ अर्थात कान्छो प्रदेशको रुपमा घोषणा भयो ।
जसको परिणाम आज हामीले कर्णाली प्रदेश प्राप्ति गरेका छौ । यो ईतिहासलाई कर्णालीबासिले कहिल्यै भुल्न सक्दैनन्। यतिठुलो ईतिहास निर्माणका लागि आफ्नो ज्यान बलिदान दिने सहिद परिवारका मनमा पिडा र घाउ अझै दुखिरहेका छन्। उनिहरुका परिवारलाई सरकारले तत्काल १० लाख रुपया दियो। तर त्यतिबेला राज्यले गरेका अन्य वाँचाहरु पुरा नगरेको सहिद परिवारको गुनासो छ् ।
हालसम्म पनि सरकारले सहिद परिवारको ब्यबस्थापन गर्न सकेको छैन् । आन्दोलनका क्रममा भएका सम्झौता कार्यान्वयन हुन नसकेको सहिद परिवारको दुखेसो छ् ।सहिद परिवारका सन्तानलाई निशुल्क शिक्षा र रोजगारी दिने भन्ने सहमति र सम्झौतालाई टोकरीमा मिल्काउने मात्र काम भयो । अहिलेपनि सहिदका नाममा श्रध्दाञ्जलि ब्यक्त्त गर्ने, मौन धारण गर्ने सम्मको कार्यक्रम मात्र गर्ने प्रचलन देखिन्छ्। सहिदको सपना साकार तुल्याउनको लागि सहिद परिवारको सम्मान र व्यबस्थापन हुन नसकेको देख्दा दुख लाग्छ्।
यतिमात्र हैन हामीले यतिठुलो आन्दोलन किन गरेको भन्ने प्रश्न खडा भएको छ् । यतिठुलो धनजनको क्षति भयो ४ जनाले ज्यान गुमाउनुपर्यो कति ब्यक्त्ति घाईते भएका छन तर के का लागि त भन्ने ब्यापक गुनासो छ् । किनभने फरक के भयो त भन्ने बिषयमा प्रदेश प्राप्त भयो तर खै त यहाँको विकास? खै यहाँको जनताको जीवनस्तर मा आएको परिवर्तन ?? देश कै सबै प्रदेश भन्दा कान्छो प्रदेश मात्र होईन हर दृष्टिकोणबाट पछाडि परेको यो प्रदेशलाई प्राथमिकतामा राख्न नसकेको तितो यथार्थलाई देख्दा भने हामी यसरी किन चुकेउ भन्ने लागि रहेको छ ।
कर्णाली प्रदेशको रोग, भोग र अछौटेपनालाई अन्त्य गरि देशको मुलप्रवाह संग जोड्ने खाका र योजना आउन नसक्नु दुःखद पक्ष रहेको छ । नेपालको सन्दर्भमा राजनीतिक गर्ने भनेक पद, प्रतिष्ठाको लागि हो भन्ने देखिन्छ् । यो गलत भावनालाई त्याग्नुपर्छ ।राजनिति गर्ने भनेको जनता र राष्ट्रको लागि हो भन्ने भावनाबाट अगाडी बढ्न सकेको खण्डमा मात्र यो प्रदेशको समग्र विकास हुन सक्छ ।
जनताले ठुलो बलिदानिपुर्व संघर्ष गरेर स्थापित गरेको कर्णाली प्रदेशको समग्र विकास बिशेषगरी ( स्वास्थ्य, शिक्षा , खानेपानी र यातायातको क्षेत्रमा अग्रगामी छलाङ्ग मार्नुपर्ने ठाउमा हामी किन जहाँको त्यहि अल्मलिरहेका छौ । अबका दिनमा कर्णालीबासि जनताको वास्तविक समस्यालाई सम्बोधन गर्नेगरी प्रदेश सरकार अगाडी बढ्नुपर्छ ।
भुगोल र प्राकृतिक दृष्टिकोणबाट कर्णाली प्रदेश नेपाल कै सम्पन्न र धनि प्रदेशको रुपमा स्थापित हुने कुरामा म विस्वस्त छु। यसका लागि कर्णाली प्रदेशका जनता र सरकार नै बढि चलाख र सक्रिय रहनु नितान्त आवस्यक देखिन्छ । प्राकृतिक मनोहर दृश्य , पर्यटकिय क्षेत्र, जडिबुटि लगायातका विभिन्न दृष्टिकोणबाट धनि प्रदेशलाई सधैभरी परनिर्भर बनाउनु हुदैन । यो प्रदेशमा भए गरेका विकासका सबै खाले सम्भावनालाई कार्यन्यन गर्न अब गुरुयोजना बनाएर तत्काल अघि बढ्न सकौं ।
कर्णालीबासिका हसिलो मुहार देख्न सकौं । यसका साथै सहिद परिवारलाई वर्षमा एकपटक बोलाएर, खादा ओढाएर , मौंन धारण गरेर मात्र सहिदको सपना साकार हुन सक्दैन र सहिदपरिवारको समस्या समाधान हुदैन ।
सहिदको सपना त्यतिखेर मात्र पुरा हुन्छ जतिखेर कर्णाली बासिको दुःख , पिर, मर्का र रोग भोगलाई अन्त्य गर्न सक्छौ ं। तसर्थ, आगामी दिनमा सहिदको सम्मान हुनेगरी सहिदपरिवारको व्यवस्थापन गर्न देखि कर्णाली प्रदेशको समग्र विकासमा दलगत स्वार्थ भन्दा माथि उठेर हामी सबैका लागि सधै लागि परौं, हाम्रो कर्तव्यलाई सधै मनमा लिऔं हाम्रो कर्णाली ,राम्रो कर्णाली हामी सबैले देख्न पाँउ !! विर सहिद अ्मर रहुन, हार्दिक श्रद्धा सुमन !!
स्मार्ट कर्णाली । ३ भाद्र २०७७, बुधबार १९:०४ बजे