सुर्खेतमा ओली पक्षको मोटरसाइकल र्‍याली बन्द गर्नाले केपीलाई लाई फाइदा पुग्ने

वीरेन्द्रनगर — सुर्खेतमा आम हड्तालको प्रतिकार गर्दै नेकपा ओली पक्षधर भातृ संगठन अनेरास्ववियुले मोटरसाइकल जुलुस निकालेको छ ।

दाहाल–नेपाल पक्षले बिहीबार हड्ताल गरिरहेको बेला अनेरास्ववियु सुर्खेतले बन्द नभएको भन्दै र्‍याली निकालेर बजार परिक्रमा गरेको अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए ।

युवाहरुले ‘बन्द गर्न पाईँदैन’,‘विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका हुन् ।

यसैबीच, हड्तालमा उत्रिएका दाहाल–नेपाल समूहका युवाहरुले सुर्खेतमा स्थानीयलाई कुटपिट गरेका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको भनेतापनि युवा समूह भने उग्र बन्दै गएका हुन् । आन्दोलनमा सहभागीले बिहान मोटरसाइकल चलाइरहेका मानिसलाई तानेर कुटपिट गरेका छन् । बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपिट गरेका हुन्

  1. जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको भन्दै अवस्था सामान्य रहेको जानकारी दिए ।