सुर्खेत । दैलेखको तल्लो डुङ्गेश्वरमा दुर्गाभवानीको मन्दिर निर्माण गरिएको छ ।
करीब ५लाख लागतमा सुर्खेत वीरेन्द्रनगर-५,सुर्खेतका युवा बासु आर्चायले आफ्नो व्यक्तिगत लगानीमा मन्दिर स्थापना गरेका हुन् ।
मन्दिरमा भारतको चण्डीगढबाट दुर्गा भवानीको मुर्तिल्याइएको हो । उक्त मुर्तिलाई घटस्थापनाका दिन मन्दिरमा पुजापाठ गरि स्थापना गरिएको आचार्यले बताए ।
पछिल्लो समयमा युवावर्गमा हराउँदै गएको धार्मिक सांस्कृति परम्परालाई रक्षा गर्नकालागि दैलेखको प्रसिद्ध धार्मिक स्थल पञ्चकोशीक्षेत्रमा आफुले आफ्नै बलवुता र तनमनका साथ मन्दिर स्थापना गरेको बताएकाछन् ।
स्मार्ट कर्णाली । २२ आश्विन २०७८, शुक्रबार १७:४१ बजे