बिरेन्द्रनगर दृश्टि सम्बन्धि अपांगता भएका युवाहरूको अधिकारको लागि वकालत गर्दै आएको संस्था, नेत्रहिन युवा संघ नेपाल च्याप्टर सुर्खेतले बिरेन्द्रनगरमा रहेका १० जना दृश्टि सम्बन्धि अपांगता भएका युवाहरूलाई कोभिड-१९ सम्बन्धि स्वास्थ्य सुरक्षा सामग्रि बितरण गरेको छ । कोभिडका लागि स्वास्थ्य सामग्रि बितरण कार्यक्रममा बोल्दै नेत्रहिन युवा संघ सुर्खेत च्याप्टरकि कोशाध्यक्ष सम्झना बडुवालले नेत्रहिन युवाहरूको हक हितका लागि आफुहरूले दुइ वर्ष देखि सुर्खेत जिल्लालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको बताउँदै लक्षित वर्ग र व्यक्तिहरूसम्म अधिकारको सहि प्रबोधिकरण गराउनु आफुहरूको मूल धेय भएको बताइन् । बडुवालले अगाडि भनिन्, “कोभिड-१९ सम्बन्धि स्वास्थ्य सामग्रि बितरणको यो कार्यक्रमले अरूलाई पनि कोभिडका बारे मापदण्ड पालना गर्न र स्वास्थ्य प्रति सचेत बनाउनेछ” । कार्यक्रमका सहभागि खगेन्द्र प्रसाद शर्माले यस प्रकारको सामग्रि बितरणबाट पनि धेरैलाई कोभिड-१९ बारे सचेत बनाउने भण्दै अब सेतो छडि सहितको हिड्डुल सम्बन्धि तालिमको खाँचो रहेको बताए । नेत्रहिन युवा संघ नेपाल, च्याप्टर सुर्खेतले ‘कोभिड-१९ का लागि स्वास्थ्य सामग्रि बितरण’ अन्तरगत गुर्भाकोट नगरपालिका र भेरिगंगा नगरपालिकामा यस अघि नै बितरण गरिसकेको छ ।
स्मार्ट कर्णाली । ९ कार्तिक २०७८, मंगलवार ११:२४ बजे