सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाको वडा न ८ का वडाध्यक्ष दीपेन्द्र ओलीले ‘एक सय दिनका उपलब्धिहरू’ सार्वजनिक गरेका छन् । जेठ १० गते कार्यभार सम्हालेका वडाध्यक्ष ओलीले एक सय दिनका उपलब्धि सार्वजनिक गर्न पाउदा खुसि लागेको बताएका छन् । उनले भने ‘जनताको सेवामा हामी तल्लिन छौं । जनताको सेवामा गरेका काम सार्वजनिक गर्न पाउदा सुखि व्यक्त गर्न चाहन्छौं ।’
यस्ता छन् वडा ८ का ‘एक सय दिन’का उपलब्धिहरू:
‘एक सय दिन’का उपलब्धिहरू:
आदरणीय गुराँस गाउँपालिका, ८ नम्बरबासी नागरिक एवं अन्य सरोकारवालाहरू !
नेपालको संविधानको व्यवस्थाअनुसार तीन तहका सरकार (स्थानीय, प्रदेश र संघ) मध्ये जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहका सरकारहरू हुन् । गाउँपालिका वा नगरपालिकाका नागरिकको लागि अझै नजिकको जनप्रतिनिधिमुलक सरकारको अङ्ग वडाहरू हुन् । मिति २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट यस गुराँस गाउँपालिका वडा नम्बर ८ मा पनि हामी (वडा अध्यक्षमा दीपेन्द्र ओली, सदस्यहरुमा
थामबहादुर खत्री, महेश खत्री, लक्ष्मि बि. क. र विष्णु बस्नेत) लाई जिम्मेवारी सुम्पिनुभएकोमा पुनः खुसी साट्न चाहन्छौं । स्थानीय तहको निर्वाचनपश्चात् मिति २०७९ जेठ ४ गते परिणाम घोषणा भएको थियो भने यस वडामा हामिले जेठ १० गते कार्यभार सम्हालेका हौं। हामिले जिम्मेवारी सम्हालेको पहिलो ‘एक सय दिन पूरा भएको छ। हुन त पहिलो एक सय दिनमा अपेक्षाकृत विकास निर्माणयको कार्यमा पूर्ण रुपमा उपलब्धि हाँसिल गर्न गाह्रो हुन्छ र मूल्याङ्कन गर्न समेत सजिलो छैन। यद्यपी, शुरु गरिएका योजना, निरन्तरता दिइएका र पूर्ण रुपमा उपलब्धि हाँसिल गरिएका केहि उपलब्धिहरू यहाँ प्रस्तुत गरेका छौं ।
१) वडाको आफ्नै प्रशासकीय भवन निर्माण पूर्णता दिई कार्य सञ्चालन ।
२) कृषि क्याम्पस धरमपोखराको नयाँ भवन निर्माणको काम शुरुवात र पुरानो भवन निर्माणको जिम्मेवार कम्पनीमा ताकेता। ३) प्रहरी चौकी, लालिकाँडाको प्रशासनिक भवन निर्माण स्थल एकिन तथा निर्माणको आवश्यक प्रक्रिया शुरुवात । ४) मालिका माध्यमिक विद्यालयको नवनिर्मित ‘नेपाल-भारत मैत्री भवन’ फिनिसिङ्गको कार्य गरिएको र अब उद्घाटनको चरणमा पुगेको ।
५) कालिका माध्यमिक विद्यालयमा फर्निचर व्यवस्थापन गरिएको र नयाँ भवन निर्माणको लागि बजेट सुनिश्चितता गराउन पहल गरिएको ।
६) जनसहयोग नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पक्की घेरबारको काम शुरुवात ।
७) शिव प्राथमिक विद्यालयमा नयाँ भवनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको ।
८) वडामा ‘एकघर एक धारा’ को अवधारणाअनुरुप प्रक्रिया शुरुवात ।
(१९) कालेखोला- पात्लेखोला सिञ्चाई योजना निर्माण सम्पन्न ।
१०) चतुर्माला सहकारी संकलन केन्द्र भवन निर्माण । ११) बैकसम्म पुग्न नसक्नेको लागि वडा कार्यालय र वडा कार्यालयसम्म पनि पुग्न नसक्नेलाई घरमै सामाजिक सुरक्षा भत्ता पुयाइएको ।
१२) बालमैत्री स्थानीय शासन भएको वडा घोषणाको मिति (असोज ३१) तय गरी आवश्यक पूर्वतयारी गरिएको र बालश्रम मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा पुयाइएको
स्मार्ट कर्णाली । २२ भाद्र २०७९, बुधबार १५:४७ बजे