२५ कात्तिक, काठमाडौं ।
आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
बिहीबार अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नाराबाजी गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् ।
‘अब उहाँले छोड्नैपर्छ, उहाँले छोडेन भने हामी भौतिक रुपमा गेटमा अवरोध गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला हामी जेलनेल खान पनि तयार छौं,’ उनले भने ।
न्यायपालिकालाई बचाउनुपर्ने भन्दै उनले नारा लगाए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे !’
सहभागीहरुले पनि त्यसलाई पछ्याए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’
शाक्यले फेरि नारा लगाए, ‘विचौलिया नाइके राजीनामा दे !’ सहभागी कानुन व्यवसायीहरुले पनि त्यसलाई पछ्याए, ‘विचौलिया नाइके राजीनामा दे ! राजीनामा दे !!’
सर्वोच्च परिसरमा धर्ना दिएका कानुन व्यवसायीहरुले ‘चोलेन्द्रका मतियार, होसियार होसियार !!’, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’ जस्ता नारा लगाएका छन् ।
स्मार्ट कर्णाली । २५ कार्तिक २०७८, बिहीबार १२:३७ बजे