अखिल(क्रान्तिकारी)द्वारा क्याम्पस प्रमुखको ध्यानाकर्षण

कालिकोट/नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समिति सुर्खेतले क्याम्पस प्रमुखलाई विभिन्न १९ बुँदे मागहरु राखेर ध्यानाकर्षण गराएको छ । क्याम्पसमा भएका विभिन्न समस्याहरु तत्काल पूरा गर्न क्याम्पस प्रशासनसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष हिम्मत शाहीले बताए।                                                                           

कार्यक्रमा अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समितिसदस्यहरुटेकेन्द्र के सि, राजन रोकाय ,अन्मोल शाही, दिरिग रेग्मी , अर्जुन शाही प्रकाश शाही, एलिजा शाही ,हरि बुढा लगायको सहभागितमा रहेको थियो ।