आठबीस नगरपालिका दैलेखले नव निर्वाचित जनप्रतिनिधिहरूलाइ स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरूलाई विदाई कार्यक्रम सम्पन्न भएकोछ।
आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाही को अध्यक्षतामा भयको कार्यक्रम मा विभिन्न अतिथि हरुको उपस्थित रहेकोे थियो ।
जसमा
अतिथि तर्क बहादुर बडुवाल,
अतिथि खड्गराज उपाध्याय,
अतिथि कल्पना कुमारी थापा,
अतिथि दिपा बोहोरा,
अतिथि नवनिर्वाचित १-९ का वडा अध्यक्ष,
अतिथि निवर्तमान १-९ का वडा अध्यक्ष
,अतिथि निवर्तमान कार्यपालिका सदस्य,
अतिथि नवनिर्वाचित कार्यपालिका सदस्य,
अतिथि नवनिर्वाचित नगर सभा सदस्य,
अतिथि निवर्तमान नगर सभा सदस्य
लागायत आठबीस नगरपालिका सम्पुर्ण कर्मचारी हरूका विचमा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य हिक्मत बहादुर थापाले राख्नु भएको थियो ।
मन्तब्य मा निबर्तमन उपाध्यक्ष दिपा बोहोराले समंग्र विकास का लागि पक्ष विपक्षमा नरहेर जनताको अपेक्षा अनुरूप अगाडि बढ्न आग्रह गर्नु भयो ।
एस्तै निबर्तमान मेयर खड्ग राज उपाध्यायले
नव निर्वाचित जनप्रतिनिधि लाइ बधाई दिदै जनताको सेवाको लागि सधै साथ दियर आफुलागिरहने र नव निर्वाचित जनप्रतिनिधि ले जनपक्षीय भावना लाई मध्यनजर गरि सुन्दर नगरपालिका बनाउन लाग्न आग्रह गर्दै आफुपनी जन्ताको साथमा रहने बताउनु भयो ।
नव निर्वाचित नगर उपप्रमुख कल्पना थापाले वैशाख ३० गते सम्म म उम्मेदवार थिए अहिले म सम्पुर्ण आठविस बासि सम्पुर्णको जन प्रतिनिधि हुँं आठबीस एउटा परिवार हो जसले सम्पुर्ण समस्या को समाधान गर्ने छौ
आठबीस का नागरिकलाइ काठमाडौं संग जोड्न प्रयास गर्ने काठमाडौं मा पाइने सेवा सुविधा को अनुभूति हुने गरी अगाडि बढ्नेछौ र सम्पुर्ण समस्या लाइ समाधान गर्ने प्रयास मा लागिरहने छौ । समान्ता र न्यायको पक्षमा रहेर अगाडि बढ्ने पर्तिबद्ता जनाउनु भयो ।
एस्तै नव निर्बाचित मेयर तर्क बहादुर बडुवालले आदरणीय सम्पूर्ण आठबीस बासिले दियको जिम्मेवारी लाइ गम्भीरता पूर्वक सोचेर आठबीसको विकास र समृद्धिको लागि अनावश्यक कुराले भन्दा पनि काम गरि देखाउने र सम्पुर्ण जन प्रतिनिधि हरूलाइ आफ्नोे जिम्मेवारी लाइ एकदमै महत्वका साथ गम्भीर भयर सोचेर जनताको पक्षमा उभियर काम गर्न सुझाव दिदै तपाइ सबै को सुझाव सल्लाह को अपेक्षा सहित अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो महत्वपूर्ण भनाइ राख्नु भयको थियो ।
कार्यक्रममा सभाअध्यक्ष प्रमुख प्रसासकिय अधिकृत दिल बहादुर शाहीले नगर भित्रका सम्पुर्ण कर्मचारी तथा नव जनप्रतिनिधि जनमुखी हुन र कुनैपनी कसर नराखी आआफ्नो जार्यक्षेत्र को जिम्मेवार पुरागर्नर समृद्धि आठबिस नगर बनाउन लागिपर्न सबैमा अनुरोध गर्नु भयो ।
स्मार्ट कर्णाली । २० जेष्ठ २०७९, शुक्रबार १८:११ बजे