आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्धघाटन तथा नयाँभवनको अध्यक्ष बिष्णु बहादुर रोकाया द्धारा शिलान्यास

पलाँता गाँउपालिका वडानं ७ को पारौटीमा आधारभुत स्वास्थ्य ईकाइ को सञ्चालित सेवा केन्द्र को उद्धघाटन तथा नयाँ निर्माण हुने भवन को शिलान्यास गरिएको पलाँता गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष कल बहादुर बम (उमेशले बताउनु भएको छ ।
उत्त कार्यक्रम पलाँता गाँउपालिका वडानं ७ का वडा अध्यक्ष श्री कल बहादुर बम (उमेश) को अध्यक्षता पलाँता गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया को प्रमुख आथित्य गाउँपालिका उपाध्यक्ष अलैपुरा जैसि बिसेष आतिथ्यता र वडानं ८ का वडा अध्यक्ष गगन बहादुर बम,वडानं ९ का वडा अध्यक्ष मान्सिङ बम , पलाँता भौतिक पुर्वधार कार्यालय प्रमुख पदम बहादुर शाहि, स्वास्थ्य प्रतिनिधि रबुजन बम, महेन्द्र बम लगायत को बिषेस उपस्थितिमा शिलान्यास तथा उद्धघाटन गरिएको छ ।

शिलान्यास गदै प्रमुख अतिथि पलाँता गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले जनतालाई स्वास्थय सेवा छिटो छरितो र प्रभाकारी बनाउनका लागी स्थानिय सरकारले यो कार्य शुरुवात गरेको बताउनु भयो ।
बिषेस गरेर वडा नं ७ को भौगोलिक बिकट्तता लाई मध्यनजर गरेर वडानं ७ को पारौटि टोलमा वडा गाउँपालिकाका जनप्रतिनिधि हरुको पहलमा स्वास्थ्य ईकाई को स्थापना गरिएको छ । स्वास्थय इकाइ स्थापना हुदा पारौटि टोल का १३५ घरधुरिका समुदाय हर्षित भयका छन ।